अपर्झट चुनाव घोषणा भएपछि तयारीमा जुट्यो प्रहरी, म्यादी भर्ना छिट्टै खोल्ने तयारी

छोटो समय सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित व्यवस्थित गराउनतयारी थालेको  

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७ २७ गते मध्यावधि चुनाव घोषणा गरिएको

प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागिआवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुँवरले बताए

सरकारले घोषणा गरेको चुनावलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षा सहितको पूर्व तयारी थालिसकेका छौं,’ प्रवक्ता कुँवरलेलोकान्तरसँग भने, ‘भइरहेका चुनौतीलाई व्यावसायिक रूपमा ट्याकल गरी समाधान गर्ने सामान्यीकरण गर्नेतर्फ काम कारवाहीभइराखेका छन्

राजनीतिक गतिरोधपछि देशमा देखिएका विरोधका कार्यक्रम गतिविधिको रोकथामको लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसारप्रहरी परिचालन भएर नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, समाधान गर्ने व्यवस्थापन गर्ने काम गरिने एसएसपी कुँवरले बताए

सरकारले घोषणा गरेको चुनाव सम्पन्न गर्न सबै काम छिटोछिटो गर्नुपर्ने भएकाले छिट्टै म्यादी प्रहरीको भर्ना खोल्ने लगायत कामका लागिवर्क आउटगर्ने तयारी भइरहेको प्रहरीले जनाएको चुनावलाई लागि आवश्यक पर्ने सबै प्रकारका बन्दोबस्तीका कामहरू गर्नप्रहरीले आवश्यक योजना निर्माण गर्न थालेको

छोटो समयमा हुन लागेको चुनावका लागि आवश्यक पर्ने बन्दोबस्ती, म्यादी प्रहरी भर्ना लगायतका काममा हामीले वर्कआउटगरिराखेका छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘चुनाव व्यवस्थित रूपमा, भयरहित वातावरणमा, निष्पक्ष रूपमा गराउनका लागिनेपाल प्रहरी तयारी अवस्थामा

यसपालिको चुनाव वैशाखमा भएका कारणले मौसम पनि अनुकूल हुने भएकाले साधनस्रोत व्यवस्थापन गर्न धेरै अप्ठ्यारो नहुने प्रवक्ताकुँवरले बताए वर्तमान अवस्थामा भएका स्रोतसाधनको अधिकतम उपयोग गर्ने अतिआवश्यक स्रोतसाधनहरू नेपाल सरकारलेउपलब्ध गराउने गरी चुनावलाई प्रभावकारी रूपमा सम्पन्न गराउन लागिपरेका छौं ’(लोकान्तरबाट साभार)

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago