अपर्झट चुनाव घोषणा भएपछि तयारीमा जुट्यो प्रहरी, म्यादी भर्ना छिट्टै खोल्ने तयारी

छोटो समय सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित व्यवस्थित गराउनतयारी थालेको  

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७ २७ गते मध्यावधि चुनाव घोषणा गरिएको

प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागिआवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुँवरले बताए

सरकारले घोषणा गरेको चुनावलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षा सहितको पूर्व तयारी थालिसकेका छौं,’ प्रवक्ता कुँवरलेलोकान्तरसँग भने, ‘भइरहेका चुनौतीलाई व्यावसायिक रूपमा ट्याकल गरी समाधान गर्ने सामान्यीकरण गर्नेतर्फ काम कारवाहीभइराखेका छन्

राजनीतिक गतिरोधपछि देशमा देखिएका विरोधका कार्यक्रम गतिविधिको रोकथामको लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसारप्रहरी परिचालन भएर नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, समाधान गर्ने व्यवस्थापन गर्ने काम गरिने एसएसपी कुँवरले बताए

सरकारले घोषणा गरेको चुनाव सम्पन्न गर्न सबै काम छिटोछिटो गर्नुपर्ने भएकाले छिट्टै म्यादी प्रहरीको भर्ना खोल्ने लगायत कामका लागिवर्क आउटगर्ने तयारी भइरहेको प्रहरीले जनाएको चुनावलाई लागि आवश्यक पर्ने सबै प्रकारका बन्दोबस्तीका कामहरू गर्नप्रहरीले आवश्यक योजना निर्माण गर्न थालेको

छोटो समयमा हुन लागेको चुनावका लागि आवश्यक पर्ने बन्दोबस्ती, म्यादी प्रहरी भर्ना लगायतका काममा हामीले वर्कआउटगरिराखेका छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘चुनाव व्यवस्थित रूपमा, भयरहित वातावरणमा, निष्पक्ष रूपमा गराउनका लागिनेपाल प्रहरी तयारी अवस्थामा

यसपालिको चुनाव वैशाखमा भएका कारणले मौसम पनि अनुकूल हुने भएकाले साधनस्रोत व्यवस्थापन गर्न धेरै अप्ठ्यारो नहुने प्रवक्ताकुँवरले बताए वर्तमान अवस्थामा भएका स्रोतसाधनको अधिकतम उपयोग गर्ने अतिआवश्यक स्रोतसाधनहरू नेपाल सरकारलेउपलब्ध गराउने गरी चुनावलाई प्रभावकारी रूपमा सम्पन्न गराउन लागिपरेका छौं ’(लोकान्तरबाट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago