काठमाडौं । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा कुल ७८ अर्ब१८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । योसँगै ४ महिनामा कुल ३ सय ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको रेमिट्यान्सआएको राष्ट्र बैंकले जनाएको छ ।
यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको ४ महिनाको तुलनामा ११.२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रेमिट्यान्सको यो आकार ५प्रतिशतले घटेको थियो । यो रेमिट्यान्स आप्रवाहसँगै यो महिनामा ९ अर्ब ५६ करोड शोधनान्तर बचत भएको छ । यो बचतसँगै ४महिनाका देशको कुल शोधनान्तर स्थिति १ सय १० अर्ब ६५ करोड रुपैंया पुगेको राष्ट्र बैंकको तथ्याँक छ । यो बचतसँगै विदेशी विनिमयसञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
रेमिट्यान्स बढे पनि यो अवधिमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या भने ह्वात्तै घटेको छ । ४ महिनाको अवधिमा कुल २५ हजार९ सय ३१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा करिब ६७.९ प्रतिशत कम हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…