सन्तोष गहतराज,पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा न १को ओखलढुंगा गाउमा १ दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको आयोजना तथा नेपाल जेसुईटीसोसाइटीको सहयोगमा उक्त शिविर संचालन गरिएको थियो । शिविर जेसुईटी सोसाइटीका स्वास्थ कर्मी सिस्टर मेरी,दुर्गालाल श्रेष्ठ रसुरज कुमाल तथा ओखलढुंगा स्वास्थ्य ईकाइ प्रमुख मल बहादुर सुनारीले स्वास्थ्य परिक्षण गरेका थिए ।
कुल १०५ जनाविरामीको स्वास्थ परिक्षण गरि औषधी निशुल्क वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुरघर्ती मगर,वडा न १ का वडा अध्यक्ष रोम बहादुर लम्तरी,वडा सदस्य देउ बहादुर पुन,तिनाउ सहकारी समन्वय समिति संयोजक टिकारामभण्डारी लगाएतको उपस्थिति रहेको थियो । शिविरमा ओखलढुंगा, वुढीकोट , ताल मुर्थुम र कुडापानीका नागरिकहरूले स्वास्थ सेवालिएका थिए ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…