चितवन। जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थलआजबाट खुल्ला गर्न लागिएको हो ।
उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिनेनिर्णय गरेको छ । समितिका अध्यक्ष राजन अधिकारीका अनुसार यो मौसममा गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुनेगरेका थिए ।
नारायणी नदी तटमा रहेको उक्त स्थानमा कार्यक्रम गर्नका लागि १२ वटा टहरा रहेका छन् । खानेपानी, विद्युत्, शौचालयलगायतकावनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उहाँले जानकारी दिनुभयो । नदी, वन र वन्यजन्तुको मनोरम दृश्यसँगै रमाउँदै वनभोजगर्न यहाँ टाढाटाढाबाट मानिस आउने गर्दछन् ।
सामुदायिक वनमा खुल्ला चिडियाखानासमेत रहेको छ । जहाँ वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइन्छ । सोही ठाउँमा एउटा पार्करहेको छ भने नजिकै शहीद स्मृति पार्क पनि निर्माण भइरहेको छ । सो वन क्षेत्रमा दुर्लभ बाघ, एकसिङ्गे गैँडा, चित्रि, मयूर, बँदेललगायतवन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु नारायणी किनार हुँदै यहाँ आउ जाउ गर्दछन् । उक्तठाउँमा चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारीदिनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…