गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत साधनले सम्पन्न गौरीशङ्करगाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको

समुद्री सतहदेखि ८९१ मिटरदेखि ७१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकालेयहाँको प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग गदै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याईगाउँपालिकाले गौरीशङ्कर संरक्षण क्षत्रसँग सहकार्य आरम्भ गरेको

पर्यटनको प्रर्वद्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकण भ्रमणका क्रममा गाउँपालिका चङ्खुको लुवाङसादेखि दोलखा रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको

चङ्खुको शेर्पा समुदायको होम स्टे« लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित शुरु भएकोयात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो यसक्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण शीरमा रहेको गौरीशङ्कर हिमालले यात्रीलाई आनन्द तुल्याएको थियो

पेम्दिङमा बास वसेर विहान सवेरै यात्रा तय गरेमा घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ बुर्मुछेडाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ  धुपिनी डाँडामा विबहानको खाना खाएर पुनयात्रा गर्न सकिन्छ करिव घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४२७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ बुकिनी अत्यन्तसुन्दर देख्न सकिन्छ बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौरी पाल्ने देख्न सकिन्छ

हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामातीर्खा मेटाउन पाइन्छ

खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेको पाइन्छ यहाँबाट घण्टामा ४४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ

कालोपोखरी÷भुतपोखरी

समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ उच्च क्षेत्रमा रहेको यो हिमपोखरीकोछुट्टै विशेषता अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको पोखरी वरिपरी हल्ला गरेमा कुहिरोलेपोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताउनुभयो  जम्मा ४४७३ मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्तआकर्षक जट्टापोखरी पाँचपोरखी क्षेत्रमा दर्शन गरी पुन वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ  एलेखर्कबाट गौरीशङ्करगाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago