रैनादेवी छहरा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य ।

२०७७, ५ कार्तिक बुधबार ११:०५

पाल्पा ।  पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका प्रवेश गर्दा पीसीआर रिपोर्ट ल्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

स्वदेशकै विभिन्न स्थान, भारत लगायत तेस्रो मुलुकबाट आउँदा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन गाउँपालिकाले अनुरोध गरेको हो । पीसीआर परीक्षण नगरि आएको खण्डमा १४ दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्न गाउँपालिकाको अनुरोध छ ।गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै भोज भतेर, जात्रा पर्व लगायत भीडभाड हुने कार्यक्रम नगर्न/नगराउन, पसल बैंक जस्ता भीडभाड हुने स्थानहरुमा अनिवार्य भौतिक दूरी कायम गरि कामकाज गर्न समेत अनुरोध गरेको छ ।

Comments

ताजा खबर