मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्नेदाउराका लागि सञ्जयले टीकापुरमा रहेका अधिकांश सामुदायिक वन धाउनुभयो तर उहाँले दाउरा पाउनुभएन

राति बजे बुवा बित्नुभयो, आफन्तहरु बिहान बजेबाट दाउराको जोहो गर्न थाले, आफू उपभोक्ता रहेका सामुदायिक वनमा समेतपाउन सकिएन”, सञ्जयले भन्नुभयो, “पछि एक जना स्थानीय नेताले भनिदिएपछि दिउँसो बजे एक सामुदायिक वनले दाउरा दियो

फोटो फाईल

कैलालीको टीकापुरमा मृत्यु संस्कारका लागि आवश्यक दाउराको समस्या सधैँ हुने गरेको मानिसको मृत्यु भएमा जलाउने दाउराखोज्न निकै मेहेनत गर्नुपर्छ यही समस्या समाधानका लागि टीकापुर क्षेत्रका सामुदायिक वनले दाहसंस्कारका लागि आवश्यकदाउराको व्यवस्थापन गर्ने सहमति गरेका छन् टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमामङ्गलबार बसेको बैठकले दौलतपुर सनकट्टी घाटमा दाहसंस्कारका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापन गर्ने निर्णय गरेको हो

दौलतपुर सनकट्टी घाटमा एक÷एकवटा घाटगद्धी डिपो स्थापना गर्ने, सनकट्टी घाटको डिपोको सितल सामुदायिक वन दौलतपुरघाटको डिपोको रेखदेख गर्ने जिम्मा भगरैया वन संरक्षण समितिलाई दिने निर्णय गरेका छौँ”, टीकापुर नगरपालिकास्तरीय सामुदायिकवन उपभोक्ता महासङ्घका अध्यक्ष श्याम खत्रीले भन्नुभयो, “हामी घाटगद्धी स्थापना गर्न जुटिसकेका छौँ, सामुदायिक वनले गरेको योनिर्णय आउँदो मङ्सिर गतेदेखि लागु हुनेछ

अध्यक्ष खत्रीले दाहसंस्कारका लागि अब नागरिकले दाउरा खोज्न सामुदायिक वन धाउनु नपर्ने बताउनुभयो अब मृत्यु संस्कार गरिनेघाट नजिकै रहेका घाटगद्धीमै दाउरा खरिद गर्न सकिने भएको ”, उहाँले भन्नुभयो, “पीडामा थप पीडा नहोस् भनी हामीले यसो निर्णयगरेका हौँ यसले नागरिकलाई सहज हुन्छ अब दाउरा खोज्ने झण्झट गर्नुपर्दैन

टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा बसेको बैठकमा टीकापुरभित्रका १० वटा सामुदायिकवनका पदाधिकारीको सहभागिता रहेको थियो टीकापुरमा रहेका सत्तीघाट, दौलतपुर घाट सनकट्टी घाटमा टीकापुरका मात्र नभईजानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाका नागरिक पनि आफन्तको अन्त्येष्टिका लागि आउने गरेका छन्”, अध्यक्ष खत्रीले भन्नुभयो, “आवश्यक भएका सबैले अब सहजरूपमा दाउरा पाउनेछन्

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago