वैकल्पिक ऊर्जा मार्फत बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा ।

थम्मन थापा , बागलुङ , असाेज ५ ।  अविरल वर्षा सँगै गत भदौ १७ गते राती ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङ स्थित भुजिखोलामा बाढी आयो । बाढीले अकल्पनीय मानविय तथा भौतिक क्षति पुरायो । बाढीले भूजिखोलामा संचालित लघु जलविद्युत गृहहरु बगायो ।

विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पुराएको हुँदा तत्काल त्यहाँ मोवाइल सेवा सञ्चालनमा आउन सकेन । ढोरपाटन नगरपालिकाको पहलमा केही दिन पहिले सडक मर्मत पश्चात अहिले सडक सञ्चालनमा आएको छ । सडक सुचारु भए सँगै नेपाल टेलिकमले अवरुद्ध मोवाइल सेवा पुन सञ्चालनमा ल्याएको छ । तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनयर केशव शर्माले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका वडा नं ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो । सेवा सुचारु गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोद कुमार महतोले बताउनु भयो । अवरुद्ध मोवाइल सेवा सुचारु गर्न सहयोग गर्नुहुने सबैमा नेपाल टेलिकमले आभार समेत व्यक्त गरेको छ । बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो । लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोवाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिव प्रसाद पौडेलले जानकारी दिनुभयो । टावरमा सोलार जडान गर्न प्राविधिक कटक बहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । नेपाल टेलिकमको नमस्ते मोवाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवा बाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो । आज देखि मोवाइल सेवा सञ्चालनमा आए सँगै स्थानीयहरू खुसी भएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको समन्वयमा यस वर्ष भित्र नगरपालिका भर केन्द्रिय विद्युत पुराउने गृहकार्य भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago