थम्मन थापा , बागलुङ , असोज ५ । नेपाल विद्युत प्राधिकरणले पश्चिम बागलुङमा विद्युत सेवा सञ्चालनमा ल्याएको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा पहिलो पटक आज केन्द्रिय विद्युतको सेवा शुभारम्भ गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण र ढोरपाटन नगरपालिकाको पहल र समन्वयमा केन्द्रिय विद्युतको प्रशारण विस्तार गरिएको केन्द्र प्रमुख गोशलीले बताए । अहिले बागलुङ नगरपालिका सँगै काठेखोला गाउँपालिका, जैमिनि नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका अधिकांश भूभागहरूमा केन्द्रिय विद्युतको प्रसारण पुगेको छ । त्यस्तै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा केन्द्रिय विद्युतको लाईन विस्तार गरिएको छ । छिट्टै निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै ढोरपाटन सिकार आरक्षसम्म पुर्याउने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रशासन अधीकृत अशोक कुमार कर्णले बताए । लघु जल विद्युत आयोजनामा बर्खायाममा बाढि पहिरोले क्षेति पुर्याउदा हप्तौं दिनसम्म अन्धकारमा बस्नु पर्ने, उद्योग,व्यवसाय, सञ्चार गृह विद्युतकै कारण सञ्चालन गर्न कठिनाइ भएको समाजसेवी तुलसी अर्यालले बताए । साना लघु जलविद्युतले मानिसको आवश्यकता पूरा हुन नसकेको र अब केन्द्रिय विद्युतको आगमनले मानिसको दैनिकीमा सहजता आउने स्थानीय मिरा अर्यालले बताइन् । विद्युतको माग र आवश्यकतालाई केन्द्रिय विद्युतले ठूलो भूमिका खेल्ने भन्दै उनले खुसी व्यक्त गरिन् । दश नमुना शहर मध्यको एक बुर्तिबाङ शहर सम्म विद्युत पुगेपछि स्थानिय खुसि भएका छन् । अहिले झण्डै ४ करोड लागतमा बुर्तिबाङ सम्म ६ वटा ट्रान्सफर्मर मार्फत ११ केभिए प्रशारण लाइन मार्फत विद्युत सञ्चालनमा आएको छ । बुर्तिबाङ बजारमा सबै घरमा विद्युत जडान कार्य दुई महिना भित्र हुने नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यालय बुर्तिबाङले जनाएको छ । त्यस क्षेत्रमा लघु जलविद्युतका कारण पटक पटक विग्रिने, आवस्यकता अनुसार विद्युत क्षमता नहुनु र चाहेको समयमा विद्युतबाट हुने काम गर्न नपाउँदा निकै कठिन थियो । केन्द्रिय विद्युत आएपछि थप सहजता हुने स्थानीयले अपेक्षा गरेका छन् ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…