बिधुत्तसर्टहुँदा करेन्ट लागेर एकको मृत्यु, गाउँका बस्तुभाउ र केही घरमा क्षति

पाल्पा । हावाहुरीले बिधुत्तसर्ट हुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएकोछ । एक पुरुष घाईते भएका छन् । बिहिबार राती अत्यधिक हावा चलेको र बिधुत्तसर्ट हुँदा करेन्ट लागेर पाल्पाको रैनादेबीछहरा गाउँपालिका ६ खुन्धारा, जुठापौवाकी २७ बर्षिया दिल कुमारी रास्कोटी मगरको ज्यान गएको हो ।

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार करेन्ट लागेर गम्भिर घाइते भएकी रास्कोटीको उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो । गिरीका अनुसार करेन्ट लागेर स्थानीय झमान पुन पनि गम्भीर घाइते भएका छन ।

बिधुत्तसर्ट हुँदा नेपाने, पटुवाचौर लगाएतका गाउँमा केही बस्तुभाउ मरेका र घरमा समेत क्षति पुगेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रातिको १:३० बजे बाट विद्युतमा समस्या आएको थियो । के कती कारणले विद्युतमा समस्या आएको हो यसबारे बुझ्ने प्रयास भैरहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago