पूर्व उपाध्यक्ष खड्का घुम्टे युवा परिवारद्वारा सम्मान

थम्मन थापा,  बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको आयोजनामा संस्थाका पुर्व उपाध्यक्ष तथा जापान शाखाका सल्लाहकार विकास खड्का सुन्दरलाई सम्मान गरिएको छ । संस्थामा रहेर लामो समय खड्काले खेलकुद र सामाजिक विकासको क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाले सामाजिक क्षेत्रमा विगत देखि खेल्दै आएको भुमिका र आगामी दिनमा सामाजिक विकासका गतिविधि लाई के कसरी अगाडि बढाउन सकिन्छ, सामाजिक उत्तरदायित्व र रूपान्तरणका विषयमा अन्तरक्रिया गरिएको थियो । जिल्लाकै पुरानो सामाजिक संस्था घुम्टे युवा परिवारले स्थापनाकाल देखि नै खेलकुद, सामाजिक विकास र रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । संस्थाले जापान शाखासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने, सामाजिक विकासका काममा अगाडि बढ्ने लगायतका विषयमा परामर्श गरिएको थियो । खड्काले संस्थाको कार्य समितिमा रहेर खेलकुद, शिक्षा, समाज रुपान्तरणमा अतुलनिय योगदान पुर्याउनु भएको छ । सम्मानपछि बोल्दै खड्काले यस सम्मानले आफुलाई सामाजिक गतिविधिमा लाग्न थप प्रेरणा जगाएको भन्दै आफु र सस्था बिच सदैव सहकार्य जारि राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मान कार्यक्रमको अवसर पारी खड्काले संस्थालाई खेलकुद सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक तथा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवेदार टिका वहादुर थापा, वरिष्ठ लोक तथा दोहोरी गायक विष्णु खत्री, संस्थाका पुर्व अध्यक्ष तथा वडा सदस्य लोक वहादुर थापा, संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा, पुर्व अध्यक्ष रामचन्द्र गौतम, उपाध्यक्ष जिवन साहानी, सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जी लगायतले अन्तरक्रियामा आफ्ना धारणा राख्नुभएको थियो । सम्मान तथा अन्तरकृया कार्यक्रम कोषाध्यक्ष सन्त भण्डारीको स्वागत मन्तव्य र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago