एनआरएनए कुवेतको पहलमा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेकाे विवरण संकलन गर्ने.

गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले कोरोना भाइरसका कारण राेजगारी गुमाएर चार्टर्ड हवाइ उडान खुलेको बेला पनि टिकटको जोहो गर्न नसकी थप समस्यामा परेका नेपालीकाे नामवली संकलन गर्ने भएको छ ।

वास्तविक कम्पनी बन्द भइ स्वदेश फर्किन टिकटको व्यवस्था गर्न नसकी समस्यामा परेर बसेकाहरुले एनआरएनए कुवेतका जो कोहिलाइ सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको एनआरएनए कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले जानकारी दिएका छन् ।

उनका अनुसार वास्तविक पीडितहरुको विवरण संकलन गरि आइसिसी महिला फोरमकी संयोजक भोमा लिम्बुलाई बुझाइने छ । उनी मार्फत वास्तविक समस्यामा परेका तथा आफ्नै खर्चमा टिकटको जोहो गरेर स्वदेश फर्कन नसकेकाहरुलाई सम्बिधित निकायको ध्यानाकर्षण गराई निशुल्क उद्दारको पहल गरिने चाम्लिङले बताए ।

एनआरएनए कुवेतले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण कुवेतमा कार्यरत नेपालीहरुमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै श्रमिकहरुको साथी बन्दै समस्याललाई हल गर्दै आइरहेको जनाएको छ ।

एनआरएनए कुवेतले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण कुवेतमा कार्यरत नेपालीहरुमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै श्रमिकहरुको साथी बन्दै समस्याललाई हल गर्दै आइरहेको जनाएको छ ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago