राष्ट्रिय परिचय पत्रको विवरण पाल्पामा संकलन सुरु

पाल्पा । राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य पाल्पामा सुरु भएको छ । प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्य, बीरवहादुर राना, तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालको विवरण संकलन गरी राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु गरिएको हो । विवरण संकलनका लागी जिल्ला प्रशासन कार्यालयमा छुटै युनिट स्थापना गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कार्यक्रम शुरुवातको जानकारी गराउनु भएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वन्जाडेले राष्ट्रिय परिचय पत्रको बारेमा संक्षित प्रस्तुतिकरण गर्नु भएको थियो । प्रदेश सभा सदस्यद्वय, तानसेन नगरपालिका नगरप्रमुख सहित पत्रकार महसंघ पाल्पाका अध्यक्षले राज्यको नीतिको स्वागत गर्दै अ-आफ्नो क्षेत्रबाट सहयोग र समन्वय गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
नेपाली नागरिकता लिएकाका नागरिकले जिल्ला प्रशासन कार्यालय पाल्पामा गई आफ्नो विवरण भर्न सक्ने व्यबस्था मिलाईएको छ ।
राष्ट्रिय परिचयपत्रको लागि आवश्यक पर्ने विवरण सहितको फाराम जिल्ला प्रशासन कार्यालयको वेभसार्इट http://daopalpa.moha.gov.np/ अथवा http://daopalpa.moha.gov.np/post/ra-shha-ta-ra-ya-para-cayapata-raka-l-ga-tharakha-sa-ta-fa-ra-ma बाट डाउनलोड गरेर फाराम भरी विवरण संकलन गर्न सकिने र विवरण संकलनको लागि स्वयं व्यक्ति र साथमा सक्कलै नागरिकता ल्याउनु पर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

के हो राष्ट्रिय परिचयपत्र परिचय ?
नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रलाई राष्ट्रिय परिचय पत्र भनिन्छ । यसमा व्यक्तिको परिचय खुल्ने सूचना, वायोमेट्रिक सूचना, पृथक नम्बर, सुरक्षण चिन्हहरु र चिप रहेको हुन्छ ।

राष्ट्रिय परिचय पत्रमा समावेश हुने विवरणहरु केके हुन ?
व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजेको नाम
• औंला-छाप (१० वटा औंला)
• आखाँको नानि (Iris)
• परिचय नम्बर
• फोटो
• राष्ट्रियता
• हस्ताक्षर
• चिप्

राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने हुनुपर्ने मापदण्ड (Criteria ) केके छन ?
• १६ वर्ष उमेर पुरा भएको
• नेपाली नागरिकताको प्रमाण- पत्र लिएको ।
• परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्छ । निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका वैयक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको स्थापनाको उद्देश्य के हो ?
• नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने ,
• व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्ने ,
• सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी काम गर्ने,
• राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्ने ।
• समग्रमा सुरक्षित भण्डारण ,पृथक नम्बर सहितको परिचयपत्र उत्पादन, वितरण ,सेवा आवद्धता/ उपयोगिता,कानून र सङ्गठनको निरन्तर सुधार गर्ने ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago