बिपि स्मृती दिवशमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत कोरोना संक्रमितलाई फलफुल बितरण ।

नवलपुर । ३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली काँग्रेस नवलपुरको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्राकृतिक चिकित्सालय रजहरमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

बिपि स्मृति दिबसका अबसरमा कोरोना संक्रमितहरुका लागि फलफुल बितरण गर्न उपयुक्त देखेर सो कार्यक्रम आयोजना गरिएको जिल्ला सभापती एबम् प्रदेश सांसद बिष्णु प्रसाद लामिछानेले बताए ।

सो कार्यक्रममा लामिछाने , जिल्ला सचीव बालकृष्ण घिमिरे ,कोषाध्यक्ष ओम प्रसाद सापकोटा , जिल्ला सदस्य धर्म बस्याल ,सीता कुँवर , बि पि अध्ययन प्रतिष्ठानका अध्यक्ष बिष्णुदेबी पाण्डे ,ट्रेड युनियन काँग्रेसका अध्यक्ष गंगाधर सुबेदी,नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति इन्द्र फाल ,दलित संघ जिल्ला अध्यक्ष प्रकाश रसाइली ,नेपाली कांग्रेस जिल्ला कार्यालयका सचीव गोपाल बस्ताकोटी लगायतको उपस्थिति थियो ।

सो अबसरमा सांसद लामिछानेले कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । महामानब बिपि कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो । नवलपुर काँगेसले सप्ताहब्यापी रुपमा बिपि स्मृति दिबस मनाएको हो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago