नवलपुर । ३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली काँग्रेस नवलपुरको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्राकृतिक चिकित्सालय रजहरमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बिपि स्मृति दिबसका अबसरमा कोरोना संक्रमितहरुका लागि फलफुल बितरण गर्न उपयुक्त देखेर सो कार्यक्रम आयोजना गरिएको जिल्ला सभापती एबम् प्रदेश सांसद बिष्णु प्रसाद लामिछानेले बताए ।
सो कार्यक्रममा लामिछाने , जिल्ला सचीव बालकृष्ण घिमिरे ,कोषाध्यक्ष ओम प्रसाद सापकोटा , जिल्ला सदस्य धर्म बस्याल ,सीता कुँवर , बि पि अध्ययन प्रतिष्ठानका अध्यक्ष बिष्णुदेबी पाण्डे ,ट्रेड युनियन काँग्रेसका अध्यक्ष गंगाधर सुबेदी,नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति इन्द्र फाल ,दलित संघ जिल्ला अध्यक्ष प्रकाश रसाइली ,नेपाली कांग्रेस जिल्ला कार्यालयका सचीव गोपाल बस्ताकोटी लगायतको उपस्थिति थियो ।
सो अबसरमा सांसद लामिछानेले कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । महामानब बिपि कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो । नवलपुर काँगेसले सप्ताहब्यापी रुपमा बिपि स्मृति दिबस मनाएको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…