निरन्तरको बर्षाले सिद्धार्थ राजमार्ग अबरुद्ध, दर्जनौं स्थानमा पहिरो

पाल्पा । निरन्तरको बर्षाले पाल्पाको विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा आवागमन रोकिएको छ ।
सोमबार रातीको बर्षा पछि आएको बाढीले सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर छेउमा ठुला ढुङ्गा ल्याई थुपारेको छ । यस्तै हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत धेरै स्थानमा पहिरो खसेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सदरमुकाम सङ्ग जोड्ने अधिकांस बाटो पहिरोका कारण अबरुद्ध हुन पुगेको छ । राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्न सक्ने पाल्पाका ट्राफिक प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

रिब्दिकोट गाउँपालिकाको भैरवस्थान हटियाका केही घर पहिरोका कारण जोखिममा परेका छन भने हार्थोक बजार देखि छहरा जाने चोकमा रहेको फलफुल पसलबाट पहिरो खस्दा पसल रहेका ट्याङ्कीहरुमा समेत क्षति पुर्‍याएको स्थानीय तुल बहादुर अधिकारीले जानकारी दिनुभयो । यस्तै बर्षातका कारण तानसेन ११ बन्दिपाेखराकाे वडहरबाेटमा दधिराम भाटकाे घर भत्किएको छ । भुकम्पले गर्दा चर्किएको घर लगातारको वर्षाले भत्किएको घर धनी भाटले बताएका छन ।

ग्रामिण सडक, कालिगन्डकी करिडोर अन्तर्गतको रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको जनाएको छ । अबरुद्ध भएको राजमार्गमा सवारी साधन सुचारु गर्नका लागी पहिरो पन्छाउने काम सुरु भएको छ ।
यस्तै बाढी पुर्बानुमा महाशाखाले पाल्पाको तिनाउ नदिमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago