सिद्धबाबा मन्दिर नजिकै खसेको ढुङ्गा सहितको पहिरो, फाइल तस्बिर ।
पाल्पा । निरन्तरको बर्षाले पाल्पाको विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा आवागमन रोकिएको छ ।
सोमबार रातीको बर्षा पछि आएको बाढीले सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर छेउमा ठुला ढुङ्गा ल्याई थुपारेको छ । यस्तै हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत धेरै स्थानमा पहिरो खसेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सदरमुकाम सङ्ग जोड्ने अधिकांस बाटो पहिरोका कारण अबरुद्ध हुन पुगेको छ । राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्न सक्ने पाल्पाका ट्राफिक प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।
ग्रामिण सडक, कालिगन्डकी करिडोर अन्तर्गतको रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको जनाएको छ । अबरुद्ध भएको राजमार्गमा सवारी साधन सुचारु गर्नका लागी पहिरो पन्छाउने काम सुरु भएको छ ।
यस्तै बाढी पुर्बानुमा महाशाखाले पाल्पाको तिनाउ नदिमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…