झापा, जी आर धिताल-झापाको मेचीनगरमा होम क्वारेन्टाइन्मा बसेका १पुरुष सहित २ जनामा कोेरोनाको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको मेचीनगरमा थप २ जना पुरुषमा आज कोरोनाको संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास समिति संयोजक नबिन बरालले दिनु भएको जानकारी अनुसार आज संक्रमण देखिएका २ जना पुरुषहरुमा वडा नं ५ का ३० बर्षीय पुरुष रहनु भएको छ । संक्रमित वडा नं ५ को बालकल्याण माविको क्वारेन्टाइनमा रहनु भएको थियो ।
त्यस्तै अर्का संक्रमितमा वडा नं ६ का ३५ बर्षीय पुरुष रहनु भएको छ । वहाँ जेठ ३२ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेको बरालले जानकारी दिनु भयो । वडा नं ६ मा होम क्वारेन्टाइनमा रहेका ब्यक्तिको घरमा परिवारका ६ जना सदस्यहरु रहेको बताइएको छ ।
संयोजक बरालका अनुसार परिवारका सदस्यहरुको पीसीआर परीक्षण भोली गरिने छ । संक्रमति दुबै जनाको असार ३ गते स्वाब संकलन गरिएको थियो ।
योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । आज संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ लगिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…