काठमाडौं । लगातारको बर्षापछि गएको पहिरोले अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि अरुण नदी थुनिएको हो । करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले नदी थुनिएको हो । नदी थुनिएपछि जमेको पानीले ३ सय मिटर भन्दा लामो ताल बनेको छ । घटनाको विस्तृत जानकारी आइसकेको छैन । संखुवासभा प्रहरीका अनुसार अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युतगृहस्त पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामना लगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय धनकुटाले जरुरी सूचना प्रकासित गरि नदीले क्षति पुर्याउन सक्ने जिल्लाका महालक्ष्मी नगरपालिका, पाखिवास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न वडाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा कुनै पनि समयमा घट्न सक्ने सम्भावित विपद्का घटनाहरुवाट जोगिन अरुण नदी किनारमा नजान, नदीमा माछा मार्ने, पौडि खेल्ने लगायतका कार्यहरु नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…