काठमाडौं । लगातारको बर्षापछि गएको पहिरोले अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि अरुण नदी थुनिएको हो । करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले नदी थुनिएको हो । नदी थुनिएपछि जमेको पानीले ३ सय मिटर भन्दा लामो ताल बनेको छ । घटनाको विस्तृत जानकारी आइसकेको छैन । संखुवासभा प्रहरीका अनुसार अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युतगृहस्त पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामना लगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय धनकुटाले जरुरी सूचना प्रकासित गरि नदीले क्षति पुर्याउन सक्ने जिल्लाका महालक्ष्मी नगरपालिका, पाखिवास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न वडाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा कुनै पनि समयमा घट्न सक्ने सम्भावित विपद्का घटनाहरुवाट जोगिन अरुण नदी किनारमा नजान, नदीमा माछा मार्ने, पौडि खेल्ने लगायतका कार्यहरु नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…