{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592730745973","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592730745967","source":"other","origin":"gallery"}
युएई – युएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएरयूएई – यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाण्डौका लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो । जहाज काठमाण्डौका लागि उडेको छ ।एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो।
हिमालय एअरलाइन्सको जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् ।यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ ।
आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ । स्वदेश फर्कने यात्रुको बिदाईमा दूतावासका कर्मचारी र अरु नेपाली पनि विमानस्थलमा पुगेका थिए ।
आज ३ जहाजमा ५ सय ७५ जना फर्कंदै
आज यूएईबाट ३ वटा उडान हुँदै छ । आबुधावीबाट हिमालय एयरलाइन्स उडेकाे छ भने यूएईकाे समय अनुसार ८ बजे फ्लाई दुबइ उड्ने छ । १ सय ५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११:१० मा नेपाल एअरलाइन्सको वाइडबडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले जानकारी दिनुभयो । आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २ सय ६६ जना नेपाली देश फर्किन लागेका हुन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…