मनसुन सक्रिय भए संगै सतर्कता अपनाउन आग्रह

पाल्पा । गत हप्ता देखि मनसुन सक्रिय भएसंगै बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएको छ । शनिवार परेको पानीले कालीगण्डकी नदि वरपरका क्षेत्रमा ठुलो बाढी आएको छ । पाल्पा, गुल्मी अर्घाखाँची, रुपन्देही लगाएतका क्षेत्रका अधिकांस क्षेत्रमा पहिरोका कारण धेरै क्षेती पुगेको छ । लगातार पानी पर्न थालेपछि जमिन भिज्न थालेको छ । जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव देेेेखिएको जनाउदै आइतबार गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago