रियादबाट २४७ नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, राजदूतले गरे बिदाई

कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् ।
साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं २१९२ बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ l

यसै उडानबाट विगत ६ महिना देखि नेपाली दूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२ जना महिला पनि स्वदेश फर्किएका छन् ।

साउदी अरबका लागि नेपाली राजदूत डा: महेन्द्र प्रसाद सिंह राजपूत आफै बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गरेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि विदाई गर्न बिमानस्थल पुगेका थिए ।

बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए । दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago