महिला फुटबल खेलाडी समिक्षा मगरलाई नेपाल जापान फुटबल संघ द्वारा आर्थिक सहयोग

गत बैशाख १२ गते आफ्नैे बारीमा काम गर्ने क्रममा दुर्घटनामा परी दाँया आखामा गम्भिर चोट लागेर आँखा गुमाउनुपर्ने अवस्थामा पुगेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई आर्थिक सहयोग गरिएको छ ।
बिराटनगरस्थित बिराटनगर आखा अस्पतालमा उपचाररत उदयपूर बेलका नगरपालिका वडा न ५ का महिला फुटबल खेलाडी मगरको परिवारको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा समस्या भएपछि जापानमा क्रियाशील नेपाली संस्था नेपाल जापान फुटबल संघ (NJFA)पहलमा नेपाली एक लाख तीन हजार ६ सय ५७ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
संघ, संघका सदस्य र जापानमा रहेका नेपालीहरुबाट संकलन गरिएको उक्त रकम आज संस्थाका उपाध्यक्ष नमस्ते गुरुङ, कोषाध्यक्ष अखिल लामा र सल्लाहकार शिवहरि पौडेलको रोहबरमा उपाध्यक्ष विशाल कार्कीको नामबाट जेआरएफ रेमिट (JRF)मार्फत नेपालस्थित बिरामीको खातामा ट्रान्फर गरिएको जनाएको छ ।
संस्थाका अध्यक्ष बसन्त गौचनले अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago