पाल्पा । क्रिमसन अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको निधन भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको प्रदेश ५ सामाजीक बिकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । उहाँलाई बचाउन अनेकौ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौ । देउराली आधारभूत विद्यालयका प्रधानाध्यपक समेत रहनु भएका उहाँको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षती भएको छ । यस दुखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ । मन्त्री बरालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको थियो । संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । अहिले मदाने गाउँपालिका र छाॅंया पोलिक्लिनिक सिल गरिएको छ । यसअघी नेपालमा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भैसकेको छ । उनिहरु सिन्धुपाल्चोक कि महिला र बाकेका पुरुष रहेका छन । यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४४४ पुगेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…