बिर्तामोड, झापा ।
झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । हिजो राति परिक्षण नतिजामा झापा कचनकवलका थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको सुचना डेस्कले दिएको जानकारी अनुसार प्रदेश प्रयोगशालाबाट राति ११ बजे आएको परिक्षणको नतिजामा झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो १० जना पनि झापा कचनकवलकै स्थानीयहरु रहेको बताइएको छ । योसंगै कचनकवलमा मात्रै संक्रमितहरुको संख्या २५ पुगेको छ । यस अघि दमक र बाह्रदशीमा एक एक जना पुष्टी भएका संक्रमितहरु निको भएर घर फिर्ता भइसकेका छन ।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।
पछिल्लो अवस्था अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६पुगेको छ । जसमा उदयपुरमा ३३ जना, झापामा २७, धनकुटा ७, सुनसरी ३ तथा खोटाङ र भोजपुरमा १/१ जना रहेका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…