अमेरिका र बेलायतमा रहेका नेपालीले गरे अपाङ्गता भएका व्यक्तिहलाई सहयोग ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख ८ , बन्दको कारण प्रभावित रामपुर नगरपालिका भित्रका ७ जना फरक क्षमताका व्यक्तिहरुलाई अमेरिका र बेलायत हुने नेपालीहरुले सहयोग गरेका छन् ।

अमेरिका र बेलायतमा रहेका नेपालीहरुको सस्था टिम मायावि नामक संस्थाले रामपुरका फरक क्षमता भएका परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कालीगण्डकी उद्यमी युवा समाज रामपुर संगको सहकार्यमा उनीहरुको घरमै पुगेर खाद्यान्न सामाग्री सहयोग गरिएको समाजका  सचिव दिपेन्द्र प्रसाद भट्टराईले बताउनुभयो । लकडाउनले विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिहरु थप प्रभावित नहोउन् भन्दै उनीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् । 

रामपुर नगरपालिका वडा नं. ५ का ६ जना र वडा नं. १ का १ जनालाई प्रति व्यक्ति ६० केजी चामल, २/२ केजी दाल, नुन, चना, साढे १ लिटर तेल र २ वटा साबुन वितरण गरेको हो । राहत वितरण कार्यमा रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल सहित वडा सदस्यहरु तथा सरोकारवाला सस्थाका व्यक्तिहरुको रहोबरमा सहयोग हस्तान्तरण गरिएको हो । 

टिम मायावि संस्थाका संयोजक विराज भट्टराईका अनुसार लकडाउनको समयमा अपाङ्गता भएका व्यक्तिका संरक्षकहरु काम विहिन बनिरहेको अवस्थामा सो परिवारमा थप दयनिय अबस्था सिर्जना बन्न सक्ने भएकाले खाद्यान्नका लागि ५० हजार बराबरको सहयोग गरेको जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago