अमेरिका र बेलायतमा रहेका नेपालीले गरे अपाङ्गता भएका व्यक्तिहलाई सहयोग ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख ८ , बन्दको कारण प्रभावित रामपुर नगरपालिका भित्रका ७ जना फरक क्षमताका व्यक्तिहरुलाई अमेरिका र बेलायत हुने नेपालीहरुले सहयोग गरेका छन् ।

अमेरिका र बेलायतमा रहेका नेपालीहरुको सस्था टिम मायावि नामक संस्थाले रामपुरका फरक क्षमता भएका परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कालीगण्डकी उद्यमी युवा समाज रामपुर संगको सहकार्यमा उनीहरुको घरमै पुगेर खाद्यान्न सामाग्री सहयोग गरिएको समाजका  सचिव दिपेन्द्र प्रसाद भट्टराईले बताउनुभयो । लकडाउनले विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिहरु थप प्रभावित नहोउन् भन्दै उनीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् । 

रामपुर नगरपालिका वडा नं. ५ का ६ जना र वडा नं. १ का १ जनालाई प्रति व्यक्ति ६० केजी चामल, २/२ केजी दाल, नुन, चना, साढे १ लिटर तेल र २ वटा साबुन वितरण गरेको हो । राहत वितरण कार्यमा रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल सहित वडा सदस्यहरु तथा सरोकारवाला सस्थाका व्यक्तिहरुको रहोबरमा सहयोग हस्तान्तरण गरिएको हो । 

टिम मायावि संस्थाका संयोजक विराज भट्टराईका अनुसार लकडाउनको समयमा अपाङ्गता भएका व्यक्तिका संरक्षकहरु काम विहिन बनिरहेको अवस्थामा सो परिवारमा थप दयनिय अबस्था सिर्जना बन्न सक्ने भएकाले खाद्यान्नका लागि ५० हजार बराबरको सहयोग गरेको जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago