श्रीनगर यातायातद्वारा तानसेन नगरपालिकाको कोरोना राहत कोषमा १ लाख ५१ हजार हस्तान्तरण

८ बैसाख, पाल्पा । तानसेन नगरपालिका पाल्पाले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. ले सहयोग रकम हस्तान्तरण गरेको छ । सोमबार तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीलाई चेक मार्फत १ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. का अध्यक्ष डिल बहादुर ढुङ्गानाले जानकारी दिनुभयो । सार्वजनिक यातायातको क्षेत्रमा भएका अनेक कठिनाइका लाई पन्छाउदै बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी सहयोग पुगोस भनेर अति बिपन्न परिवार तथा दैनिक ज्यालामजदुरी गरि खाने परिवारलाई राहत बितरण गर्नका लागी तानसेन नगरपालिकाको कोरोना राहात कोषमा रकम हस्तान्तरण गरेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । सामाजिक उत्तरदायित्व पुरा गर्दै नाफा भन्दापनि सहयोग र समाजसेवाको रुपमा कम्पनीलाई चिनाउन पाउदा सन्तुष्टि मिलेको कम्पनीले जनाएको छ । पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कम्पनीले पाल्पाका सबै ग्रामीण क्षेत्र तथा छिमेकी जिल्लाहरुमा सार्बजनिक यातायात संचालन गर्दै आएको छ । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा श्रीनगर यातायात सेवा कम्पनीले गरेको सहयोगको उच्च प्रसंशा गर्दै नगरप्रमुख अशोक कुमार शाहीले धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो ।

सोमबार नै बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था र बर्तुङ्ग खानेपानी उपभोक्ता समितीले तानसेन नगरपलिकाको राहत कोषमा दुबै संस्थाले ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष बिधान प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । संघसस्थाहरुले गरेको महत्त्वपूर्ण सहयोग प्रती सर्वसाधारणको तर्फ बाट सामाजिक संजालमा प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago