पहिलो पाइला नेपाल पाल्पा शाखाले राहत काेषमा आर्थिक सहयोग हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ८, साथै परिवर्तनकाे लागि भन्ने उदेश्य साथ पछिल्लो समयमा सामाजिक कार्यमा सर्किय रहेको सस्था पहिलाे पाईला नेपाल पाल्पा शाखाले रिब्दीकाेट गाउँपालिकाले स्थापना गरेको काेराेना राहत काेषमा रूपैयाँ १० हजार नगद राशी हस्तान्तरण गरेको छ । 

विश्वव्यापी माहामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेविड १९ काे संक्रमण राेक थाम तथा नियन्त्रण काेषमा पहिलो पाइला नेपाल पाल्पा शाखाका सस्थापक सदस्यहरूले रकम संकलन गरेकाे रकम सस्थाका सचिव दिपक पाण्डे सदस्य सुरक्षा पाैडल पाण्डे,सदस्य ओम प्रसाद पाण्डे लगाएतले गाउँपालिकामा पुगेर गाउँपालिका अध्यक्ष नारायण जिसीलाई हस्तान्तरण गर्नुभएकाे हाे ।

नगद ग्रहण गर्दै रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले सहयोगकाे लागि पहिलो पाइला नेपाल पाल्पा शाखालाई धन्यवाद दिदै यस्तो काेराेना भाइरसकाे संक्रमणकाे समयमा सहयाेगकाे ठुलो महत्त्व हुने बताउनु भयाे । यसरी गाउँपालिकाले पहिलाे चरणमा राहत वितरण गरि सकेकाे र दाेस्त्राे चरणमा राहत काेषमा संकलित भएको राहत विभेदहिन र पार्दशी ढंङगले पालिका भित्रका मजदुर,दैनिक ज्याला दारी गरेर जीवनयापन गर्ने नागरिकहरूकाे चुलाे निभ्न नदिनकाे लागि राहत वितरण गर्ने अध्यक्ष नारायण जिसीले बताउनु भयाे । 

पहिलो पाइला नेपाल पाल्पा शाखाले यस अगाडि रैनादेवी छहरा गाउँपालिकाकाे राहत काेषमा सबै भन्दा पहिला राहत काेषमा नगद राशी हस्तान्तरण गरेको थियाे ।  

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago