परिवर्तन महलमा आइपुग्यो ।

लक्ष्मण चौलागाईं (विद्रोही) , समय पनि कति कर्मशिल!! वर्षादमा धर्ती भिजाउछ,जाडोमा हामिलाइ कांडा उमार्छ अनि गर्मिमा शरिरबाट नै पसिनाको मुल फुटाइदिन्छ।समय क्रमसंगै ठिक ऋतुमा ठिक काम गर्दछ।तर हामी समय अनुसार चल्दैनौं अनि दुख,कष्टहरु हाजिर हुन्छन् ।समय संगै बदलिन्छ जिन्दगी अनि भोगाई संगै मोड अदलबदल आफै गर्दछ जिन्दगी।तर सत्यको विपक्षमा कहिले पनि नचुकोस जिन्दगी।अन्याय र अत्याचारको पक्ष लिदै कहिले पनि नझुकोस जिन्दगी।

सायद,यो स्वभाव आजको युगपरस्त सान्दर्भिक र समयसापेक्ष नहोला । अहिले कालोलाई जबर्जस्त सेतो बनाउनेहरुको बोलवाला हावी भएको छ भने कालोलाई कालो भन्नेहरु विरोधी जस्तो देखिन थालेका छन। यसैले कहिले पनि कोहि कसैको गुलाम नहोस जिन्दगी । मेरो मात्रै हैन सम्पूर्ण आदरणीय सत्मनहरुको !  आज समय नबदलिएको हैन पक्कै बदलिएको छ।पुरानो संविधान छैन नया संविधान आएकै छ।ठुलालाई चैन खारेज भएको छैन सानालाई ऐन थपिदैछ। गणतन्त्र ल्याउने चिसो खोरमा तर जनयुद्ध लडाउने सुन्दर र भव्य महलमा यहाँ यस्तै भएको छ। महल निवासी विलासेलाई सक्कली गणतन्त्र आइसकेको छ ।जस्तो कि हिजो पूर्व राजा ज्ञानेन्द्रलाई समाजवाद नारायणहिटी राजदरवारमा नै पुगिसकेको जस्तै आज प्रचण्ड ओलीहरुलाई सक्कली गणतन्त्र र समाजवाद निवासमा नै धाइसकेको छ। तर ती झुपडीहरुमा आज पनि सहिद,घाइते र बेपत्ताको परिवार त्यही आँसु र त्यही रगतको सम्झनामा विक्षिप्त हुनु परिरहेको मर्माहत विडम्बना जिवितै छ।सिंहदरबार नाम मात्रैको   सिंहदरबार भएर काठमाडौंमा ठिंग उभिएको  छ ।  

सेतो सिंहदरबार भित्र दरिद्रता सवार भइ लमक–लमक लम्केको छ।

दुखी,गरिब,निमुखा अनि दिनहिनहरुको अकल्पनीय दुर्दिन आइसकेको छ।।

लूट ,झुट,षड्यन्त्र ,अपराध र भ्रष्टाचार त कतिकति सिंहदरबार स्वयं लज्जित भएको छ।गरिबको चुल्होमा आगो निभ्दै गर्दा बालापोथरीको पेट्मा दावा लागिसकेको छ।

हुनेखाने र धनाढ्यहरुको लागि महामारी या महाविपत्ती होलिडेको उपमा बन्दै गरेको छ।

संसार भरी महामारी कोरोना कहर तर नेपालमा यो पुरानो भैसकेको छ एक महिना मात्रै हैन कोविड नाइन्टिन यहाको सेतो सिंहदरबार स्वयम् कालो कोरोनाको पर्याय भैसकेको छ !!विडम्बना आज मुलुकमा समवेदनाका व्यापारी/ श्रद्धाञ्जलीका पसलेहरु बढ्दै छन र यस्तो मार्केट चल्दै छ जो कि  फोहोरी राजनितीमा लत्पतिएर लासको राजनिती गर्दैछन। निजि स्वार्थले लगपगाएर आमाको अस्मिता बेच्नेहरु  कतिन्जेल लाग्छौ मरिमेटेर सगरमाथाको चुचुरोलाई छप्काउन र  कहिलेसम्म हाहाकार गर्छौ एउटा गद्दारीको उपमालाई भगवान बनाउन?हेर त ती मुन्टो निमोठिएर ,घाँटी छ्वाट्टै छिनालेर काख रित्तिएका आमाहरूलाई ……हेर न ती भाला रोपेर तड्पाई तड्पाई मारिएका झुपडीका श्यामे र कालेका बाबुहरुलाई ।आज तिमिहरुलाई  तिनिहरुकै फोटो छाप्दै उत्सव मनाइरहन मन लागिरहेको छ।अनि तिमिहरुको नक्कली  अलाप देख्दा कति दया लाग्छ त्यसैले त यहाँ  बुद्धको देश शान्तिको अभावमा छट्पटीएको सुन्दैन तिम्रा कानहरुले। थुप्रै थुप्रै जघन्य अपराधलाई तिमिहरुले गर्ने रगताम्य सलाम अनि तिनै न्यायमृत सहिदहरुलाई तिमिहरुले फोटो टास्दै गरेको नक्कली प्रचारले ।आज सहिदको परिवार झोक्राएको छ ।घाइतेको परिवार उदास भएको छ।

आज सगरमाथा अन्धकार भएको छ।

आज धर्ती थर थर कापिरहेकि छन।

कति फोहोर है तिम्रो राजनिती ,

कति नांगो तिम्रो छद्मभेष……….

कुर्सी ,शक्ति र पावरको लागि घाँघरसम्म नलगाई नांगै उभिएकी रमिता तिनै नाम बिर्सिसकेका तिनै दुरुपयोग गरिएका भुन्टी काकिको छोरीको फोटो छाप्दै घुक्क घुक्क वीरताको कथा लेख्दै छिन।तर पीडा ले हैन ,दुखी भएर हैन उनको कुनै निजि  स्वार्थ दुई दिनमा पूरा गर्ने अभिष्टता अनि अर्को भुन्टे लेख्छ त्यही गद्दारी हो यो देशको सगरमाथा भन्दा ठूलो हामी र हाम्रो गौरवशाली प्रणेता। धन्ने हो !  तिमिहरुको नांगो र उदांगो निच र बिकाउ कपुत छद्मभेष ।  कविताले भन्न खोज्छ समवेदनाका व्यापारी….श्रद्धाञ्जलीका पसले लासका राजनितिमा मार्केटिङ गर्दै हुन्छिन अर्कि  निर्वस्त्र चाउरे कान्छाकी नातिनी ।  

छि: छि नबेच अब कुनै गरिबको मृत छोरीको फोटो !नबेच अब मैना सुनुवारहरुको अस्थिपन्जरको बाक्सा !तिमिहरु जस्ता  भरियाहरुले नाम लिदा रुन्छ रे हो रुन्छ रे

टिचिङ अस्पताल भित्र बाक्समा बन्द मैनाका अस्थिपन्जरहरु !

कैलालीमा मारिएकी माया विक र कंचनपुरमा मारिएकी  निर्मला पन्तका आँसुले खन्दै छ रे है खन्दै छ रे

अनि ढल्दैछ रे है चाउरेकी नातिनी विलासिताको महलको पर्खाल !

नबेच ती नाम लिलाम गरिएका ,अस्मिता चुँडिएका, अवोध बालबालिकाका मृत फोटा,खबरदार ! मंगलेहरु हो…तिमीहरुलाई अधिकार छैन है ?जिउदै सहिदको कू गर्ने तिमिहरुको विकाउ र घटिया  मानसिकता बन्द गर लासको बजार अनि लक डाउन गर श्यामे दाइको छोरीको बलिदानको उपहास।

 

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago