कोरोना जितेका युवक घर पुग्दा परिवारमा हर्सको आँशु ।

कैलाली । कैलालीको पूर्वी दक्षिणी क्षेत्र लम्की घर भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर आइतबार घर फर्किए । चैत २३ गतेदेखि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा थिए ।

पहिलो रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल आएका उनी दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज भए । अस्पतालबाट बाहिर निस्कदा उनी उत्साहित देखिन्थे । सेती अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे, प्रवक्ता डा.जगदीश जोशी र वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले उनलाई निको भए पनि घरमा सुरक्षित रहन सुझाव दिए । उनले हुन्छ भन्दै टाउको हल्लाए ।

‘डाक्टरले एक हप्ता घरमै रहे पनि अरुसँग टाढा रहनु भन्नुभएको छ । अहिले घरमा पुगेको छु । सबै छन् तर, अली परै छन्’ आइतबार साँझ उनले भने। सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले उनलाई घरसम्म पु¥याइदिएको थियो । उनी पुग्नुभन्दा पहिले नै घरमा आफन्त, छिमेकी र साथीहरु जम्मा भइसकेका थिए । 

उनलाई देख्नासाथ आमा र बुवा दुबै भाबुक भए । ‘सञ्चै आइस् भन्नुभयो । भावुक हुनुभयो । आँशु पनि झार्नुभयो । सायद सुम्सुम्याउन खोज्नुभएको थियो तर, छुन सक्नुभएन’ उनले भने । ‘कसै कसैले मृत्युको मुखबाट जोगिएर आयो पनि भन्दै थिए’ राति अबेरसम्म पनि उनलाई भेट्न आउनेहरुको कमी थिएन । भेट्न आउनेहरुलाई उनले टाढै बस्न आग्रह गरे । ‘परै बस्नुस् भन्छु, हामी सबै सचेत हुनुपर्ने समय छ भनेँ’ उनले सुनाए । शनिबार दोस्रो रिपोर्ट नेगेटिभ आउँदा नै उनी उत्साहित भएका थिए । आइतबारको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनी घर फर्किन पाए ।

कोरोनालाई जितेर घर पुगेका उनी आफू संक्रमित हुँदा पनि कहिल्यै चिन्तामा नरहेको बताए । ‘स्वास्थ्यमा ध्यान दिएँ, पोषणयुक्त खाना खाएँ त्यसैले पनि होला चाडै निको भएँ’ उनले भने । घरमा बुवाआमा र दाजुभाइका परिवार छन् । अहिले सबै घरमै छन् । उनको लागि छुट्टै कोठा तयार पारिएको छ । ‘म ठीक छु तर एक हप्ता दूरी कायम गर्नु भन्नुभएको छ त्यस्तै गर्छु’ उनले भने ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago