कोरोना जितेका युवक घर पुग्दा परिवारमा हर्सको आँशु ।

कैलाली । कैलालीको पूर्वी दक्षिणी क्षेत्र लम्की घर भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर आइतबार घर फर्किए । चैत २३ गतेदेखि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा थिए ।

पहिलो रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल आएका उनी दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज भए । अस्पतालबाट बाहिर निस्कदा उनी उत्साहित देखिन्थे । सेती अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे, प्रवक्ता डा.जगदीश जोशी र वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले उनलाई निको भए पनि घरमा सुरक्षित रहन सुझाव दिए । उनले हुन्छ भन्दै टाउको हल्लाए ।

‘डाक्टरले एक हप्ता घरमै रहे पनि अरुसँग टाढा रहनु भन्नुभएको छ । अहिले घरमा पुगेको छु । सबै छन् तर, अली परै छन्’ आइतबार साँझ उनले भने। सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले उनलाई घरसम्म पु¥याइदिएको थियो । उनी पुग्नुभन्दा पहिले नै घरमा आफन्त, छिमेकी र साथीहरु जम्मा भइसकेका थिए । 

उनलाई देख्नासाथ आमा र बुवा दुबै भाबुक भए । ‘सञ्चै आइस् भन्नुभयो । भावुक हुनुभयो । आँशु पनि झार्नुभयो । सायद सुम्सुम्याउन खोज्नुभएको थियो तर, छुन सक्नुभएन’ उनले भने । ‘कसै कसैले मृत्युको मुखबाट जोगिएर आयो पनि भन्दै थिए’ राति अबेरसम्म पनि उनलाई भेट्न आउनेहरुको कमी थिएन । भेट्न आउनेहरुलाई उनले टाढै बस्न आग्रह गरे । ‘परै बस्नुस् भन्छु, हामी सबै सचेत हुनुपर्ने समय छ भनेँ’ उनले सुनाए । शनिबार दोस्रो रिपोर्ट नेगेटिभ आउँदा नै उनी उत्साहित भएका थिए । आइतबारको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनी घर फर्किन पाए ।

कोरोनालाई जितेर घर पुगेका उनी आफू संक्रमित हुँदा पनि कहिल्यै चिन्तामा नरहेको बताए । ‘स्वास्थ्यमा ध्यान दिएँ, पोषणयुक्त खाना खाएँ त्यसैले पनि होला चाडै निको भएँ’ उनले भने । घरमा बुवाआमा र दाजुभाइका परिवार छन् । अहिले सबै घरमै छन् । उनको लागि छुट्टै कोठा तयार पारिएको छ । ‘म ठीक छु तर एक हप्ता दूरी कायम गर्नु भन्नुभएको छ त्यस्तै गर्छु’ उनले भने ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago