समुद्रको १० हजार मिटर गहिराइमा चिनियाँ अनुसन्धान टोली

एजेन्सी चीनले समुद्रको सबैभन्दा गहिराइमा मानवसहितको पनडुबी पठाएको छ ।

फाइल फोटो

चिनियाँ वैज्ञानिकहरुले मानव सहितको पनडुबी शुक्रबार पृथ्वीकै सबैभन्दा गहिराइमा रोकिराखेको भिडियो सार्वजनिक गरेका छन् । चिनियाँ सरकारी मिडियाका अनुसार उक्त ‘फेन्डुझे’ डुंगा तीन जना अनुसन्धानकर्ता टोली सहित १० हजार मिटर गहिराइसम्म पुगेको थियो ।

सीसीटिभीले सार्वजनिक गरेको भिडियो अनुसार समुद्रको गहिराइभित्र क्यामेराले हरियो र सेतो रंगको पनडुबी अँध्यारो पानीको सतह हुँदै बाक्लो लेदोतर्फ लम्किरहेको देखाएको छ । यसै महिनाको सुरुमा मानव सहित १० हजार ९ सय ९ मिटर समुद्री गहिराइसम्म पुगेर फेन्डुझेले विश्व रेकर्ड कायम गरेको हो ।उक्त पन्डुबीलाई समुद्र भित्रका जैवीक नमुना संकलनका लागि वरपरका वस्तुको ध्वनी पहिचान गर्नसक्ने गरी रोबोटिक हतियार समेत जडान गरिएको छ । पन्डुबीबाट त्यहाँ रहेका विभिन्न प्रजाति र समुद्र भित्र छरिएर रहेका जीवीत वस्तुको अवलोकन पनि गरिने बताइएको छ । र अनुसन्धानकर्ताहरुले आफ्नो कामका लागि विभिन्न नमुना संकलन गर्नेछन् । ‘चाइनीज एकेडेमी अफ साइन्सेज’का अनुसान्धाता झु मिनका अनुसार उनीहरु यस अनुसन्धानमा वास्तविक रुपमा सफल हुनुअघि दुईवटा परीक्षण गर्नेछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago