तिनाउ वडा न ६ शिखरडाडामा दुई दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन ।

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ६ को शिखर डाडा र चिदिसका दलित समुदायका नागरिकहरूलाई मध्ये नजर गरि २ दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तालिमको शुभारम्भ गर्दै अहिले तिनाउ गाउँपालिका करिब २२ वटा सहकारीहरू दर्ता भएको बताउदै ४ वटा प्रदेश स्तरीय,१७ वटा सकृय र १ वटा निष्कृय रहेको बताउनु भयो । यो तालिम अहिले वडा न ६ का नागरिकहरूले सहकारी सञ्चालन गर्ने तयारी गरिरहेको समयमा सहकारी सञ्चालन गर्नु भन्दा अगाडि सहकारी सम्बन्धि तालिमको वडाका नागरिकहरूले माग गरेकोले गाउँपालिकाले बजेट बिनियोजन गरि तालिम सञ्चालन गरेको बताउनु भयो । साथै तालिम पश्चात सिकेका कुराहरूलाई व्यवहारिक बनाउन पनि अध्यक्ष घर्ती मगरले आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष टोम बहादुर पुनले सहकारी स्थापना गर्न सजिलो भए भन्दा सञ्चालन गर्न निकै ग्राहाै हुने भएकोले यो तालिमले वडा नागरिकहरूलाई लाभ पुग्ने बताउनु भयो । साथै तालिम लिएर मात्रै औचित्य नरहने बताउदै तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा वडा सदस्य ,तिनाउ गाउँपालिका सहकारी सञ्जाल अध्यक्ष भुपति पाण्डेले अहिले पछिल्लो समयमा धेरै सहकारीहरू सञ्चालन भए पनि केही सहकारीहरू निष्किय भएको बताउदै वडा न ६ ले सहकारी सञ्चालन गर्न भन्दा अगाडि तालिम सञ्चालन गरेको छ । यो तालिम वडाका नागरिकहरूलाई फाइदा पुग्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य सरस्वती नेपाली,पत्रकार सन्तोष गहतराज लगाएतको उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षण भुपति पाण्डेले गर्नु भएको थियो । कार्यक्रम तिनाउ गाउँपालिका दलित संयाेजक मोहन विश्वकर्माको अध्यक्षता र गाउँपालिकाका सहकारी शाखा प्रमुख शिव अात्रेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago