काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको छ ।
नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भ्रमणको क्रममा विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
यसअघि सन् २०१४ र २०१९ मा पनि वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो । दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलापनि नोभेम्बर अन्तिम साता नै नेपाल भ्रमणमा आउने बताइएको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला चिनियाँ विदेशमन्त्री आउन लागेको विषयले धेरैको ध्यान खिचेकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…