तीस वर्षमै विद्यावारिधि

बागलुङ। हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ कतिलाई जागिरले अल्मल्याउँछ कोही आफ्नै अक्षमता कमजोरीले पढाइमा असफल बन्छन्

गलकोट नगरपालिका मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनुपरेन सानैदेखि पढाइमा तेजथापाले सफलताका लागि जति मेहेनत जाँगर चलाउनुभयो, उसैगरी परिवारले आड ढाडस दियो वातावरण बनाइदियो

गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका थापालाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतकोतामिलनाडु, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्याण्ड राज्यसम्म डोहोर्यायो उहाँले जनहित माविपछि कक्षा सम्म मल्मकै न्यूस्टेपइङ्लिस बोर्डिङ स्कूलमा पढ्नुभएको थियो

फोटो फाईल

द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठोबुबा चन्द्रबहादुरसँग बसेर पढ्न उहाँलाई बुटवल पठाए सन् २००६ माबुटवलको क्यानन इङ्गलिस बोर्डिङ स्कूलबाट प्रवेशिका परीक्षा दिनुभएका थापाले बुटवलकै गोलोरियस क्लेजबाट कक्षा १२ कोअध्ययन पूरा गर्नुभयो त्यसपछि उहाँले स्नातकमा कृषि विज्ञान पढ्नका लागि भारत सरकारबाट छात्रवृत्ति पाउनुभयो

भारतकोतामिलनाडु कृषि विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्कनुभयो नेपाल आएपछिउहाँले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाउनुभयो

सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुग्नुभयो दुई वर्षपछिनर्थ ड्याकोटा स्टेट युनिभर्ससिटीबाट माटो विज्ञानमा स्नातकोत्तरहासिल गर्नुभयो सन् २०१६ मै विद्यावारिधिका लागि उहाँलेयुनिभर्ससिटी अफ म्यारील्याण्डमा बाली विज्ञान पढ्न थाल्नुभयो

चार वर्षसम्मको पढाइ शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एण्ड ल्याण्डस्केप आर्किटेक्चरबाटविद्यावारिधिको उपाधि हासिल गर्नुभएको हो आउँदो डिसेम्बर २२ मा उहाँ विश्वविद्यालयबाट दीक्षितसमेत हुँदै हुनुहुन्छ

थापालेमोडलिङ डिकम्जोजिसन एण्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नोटिल सिस्टम इन मिड एटलान्टिकएण्ड साउथइष्टर्न युएसएविषयमा शोध गर्नुभएको हो छोप्ने बाली (कभर क्रप) ले कहिले कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछभन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उहाँको भनाइ

वर्षको एक बाली मात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् माटोको उर्बरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ त्यस्तोबालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँआयाम थप्ने थापाको विश्वास

विद्यावारिधिपछि पनि उहाँ विद्या वाचस्पति (पोस्ट डक) का लागि अनुसन्धानमा सक्रिय हुनुहुन्छ विद्यावारिधि गर्छु भन्ने यसअघिसोचेकै थिइनँ, पढ्दै जाँदा बाटो खुल्दै गयो”, उहाँले भन्नुभयो, “अहिले पढाइ मात्र सकिएको , व्यावहारिक ज्ञान लिन बाँकी नै थापाले नेपालमा कृषि विज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको उल्लेख गर्नुभयो

बीचमा अरुथोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको थापाको भनाइ पछि कुनैपरियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच ”, थापाले सुनाउनुभयो पढाइमानिरन्तरको लगावले थापाले कम उमेरमै सफलता पाएको उहाँका दाजु दिनेशले बताउनुभयो

भाइ सानैदेखि पढाइमा अब्बल थियो, शुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पायो”, दिनेशले भन्नुभयो भाइले आफूले आर्जेको ज्ञान, सीप दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको दिनेशले बताउनुभयो थापाका बुबा हिराबहादुर शिक्षण पेशा आमा थुमकलीसामाजिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago