फोटो फाईल
काठमाण्डौ– भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ ।
अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सीपीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन ।
अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोनासङ्क्रमितको सङ्ख्या झण्डै २ लाख नजिक छ । त्यहाँ एक लाख ९२ हजार ९ सयभन्दा धेरै सङ्क्रमित भैसकेका छन् । यस्तै ३ हजार ८सय ३० जनाको ज्यान गइसकेको छ ।
यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई २ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने निर्णयगरिसकेको छ । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावितहुने देश हो भने भारत दोस्रो स्थानमा छ ।
अमेरिकामा एक करोड २० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा भारतमा ९० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण भैसकेको छ ।भारतमा कोरोनाका कारण एक लाख ३२ हजारको ज्यान गएको वल्ड्रोमिटरकाे तथ्याङ्कमा उल्लेख छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…