फोटो फाईल
काठमाण्डौ– भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ ।
अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सीपीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन ।
अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोनासङ्क्रमितको सङ्ख्या झण्डै २ लाख नजिक छ । त्यहाँ एक लाख ९२ हजार ९ सयभन्दा धेरै सङ्क्रमित भैसकेका छन् । यस्तै ३ हजार ८सय ३० जनाको ज्यान गइसकेको छ ।
यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई २ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने निर्णयगरिसकेको छ । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावितहुने देश हो भने भारत दोस्रो स्थानमा छ ।
अमेरिकामा एक करोड २० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा भारतमा ९० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण भैसकेको छ ।भारतमा कोरोनाका कारण एक लाख ३२ हजारको ज्यान गएको वल्ड्रोमिटरकाे तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…