आज राति मृगशिरा उल्कावर्षा हुने

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीलेजनाएको यो पुच्छेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् हेलीको पुच्छेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोकाकणका कारण प्रत्येक वर्ष मे महिनामाएटा एक्वारीएट अक्टोबरमाओरियनिडउल्कावर्षा हुने गर्छ

  आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिडमिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो अक्टोबर देखि आफ्नो सक्रियतादेखाउने यो उल्कावर्षा नोभेम्बर सम्म सक्रिय रहनेछ ।

फोटो फाईल

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०:४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान:४५ बजेसम्म देख्न सकिनेछ उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ अत्यधिक उल्का वर्षाको बेलाप्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमी माथिवायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो

   के हो उल्का वर्षा ?

पुच्छेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण चट्टान छोड्ने गर्दछ पृथ्वीले सूर्यकोपरिक्रमा गर्ने क्रममा पुच्छ«ताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिलेठोक्किएर जल्दछन् यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको उल्का वर्षालाई नेपाली जनजिब्रोमातारा खसेकोपनिभनिन्छ

   के हो हेलीको पुच्छेतारा ?

बेलायती खगोलशास्त्रीएडमण्ड हेलीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डकोअध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छेतारा पत्ता लगाएको हुनाले यसलाई हेलोकोपुच्छेताराभनिएको हो योपुच्छे«ताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ सन् १९८६ मा देखिएको यो पुच्छेतारा अब सन् २०६१ मा  देखिने अनुमान गरिएकोअध्यक्ष भट्टराईले बताउनुभयो

यसरी हेरिन्छ उल्कावर्षा

उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ उल्कावर्षा हेर्न धैर्यकोआवश्यकता पर्छ उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ यसका लागि घरको छत वा घर अघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ चिसो अन्यकिसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago