बक्सर मोहन मर्हजन र अविरललाई जापानमा अभिनन्दन ।

नागोया, जापान । जापानको नागोया शहरमा बक्सिङ्ग खेलाडीहरु मोहन मर्हजन र अविरल घिमिरेको विषेश कार्यक्रम सहित अभिनन्दन गरिएको छ। कार्यक्रमको आयोजना एनआरएनए क्षेत्रिय समिति , नागोया ले गरेको थियो। कार्यकममा खेलाडीहरुलाई नगद सहित , सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो।

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै जापानमा भएका राष्ट्रिय एवं अन्तरराष्ट्रिय किक बक्सिङ्ग खेलहरुमा निरंतर सफलता हासिल गरेकोमा उहाहरुको मेहेनत र लगनशिलताको उच्च मूल्याङ्‌कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको एनआरएनए क्षेत्रिय समिति, नागोयाका सचिव योमन देवानले बताए । सम्मान कार्यक्रममा किक बक्सिङ्ग खेलाडी अभिरल घिमिरेले यस्तो किसिमको सम्मान कार्यक्रमले आफुमा अझै बढि हौसला बढ्ने धारणा व्यक्त गरे। अर्का खेलाडी मोहन मर्हजन भने विषेश कारण उपस्थित नभएकाले किक बक्सिङ्ग प्रशिक्षक तथा अविरल घिमिरेका बुवा देब घिमिरे मार्फत प्रमाण पत्र प्रदान गरिएको थियो। 

राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम खेलाडी अविरल घिमिरे तथा एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खरेलको विषेश अतिथ्य र एनआरएनए एशिया प्यासिफिक उप- संयोजक पारशमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार तथा चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने , एनआरएनए क्षेत्रिय समिति, नागोयाकी उप- संयोजक सीता कोईराला , एनआरएनए आईसिसि पूर्व सदस्य केशर गिरी, आईसिसि मानार्थ सदस्य डिलाराम खरेल , किक बक्सिङ्ग प्रशिक्षक तथा अविरलका बुवा देब घिमीरे , एनआरएनए एसिया प्यासिफिक उप – संयोजक पारशमणि पोखरेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक श्याम शितलको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago