नागोया, जापान । जापानको नागोया शहरमा बक्सिङ्ग खेलाडीहरु मोहन मर्हजन र अविरल घिमिरेको विषेश कार्यक्रम सहित अभिनन्दन गरिएको छ। कार्यक्रमको आयोजना एनआरएनए क्षेत्रिय समिति , नागोया ले गरेको थियो। कार्यकममा खेलाडीहरुलाई नगद सहित , सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो।
नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै जापानमा भएका राष्ट्रिय एवं अन्तरराष्ट्रिय किक बक्सिङ्ग खेलहरुमा निरंतर सफलता हासिल गरेकोमा उहाहरुको मेहेनत र लगनशिलताको उच्च मूल्याङ्कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको एनआरएनए क्षेत्रिय समिति, नागोयाका सचिव योमन देवानले बताए । सम्मान कार्यक्रममा किक बक्सिङ्ग खेलाडी अभिरल घिमिरेले यस्तो किसिमको सम्मान कार्यक्रमले आफुमा अझै बढि हौसला बढ्ने धारणा व्यक्त गरे। अर्का खेलाडी मोहन मर्हजन भने विषेश कारण उपस्थित नभएकाले किक बक्सिङ्ग प्रशिक्षक तथा अविरल घिमिरेका बुवा देब घिमिरे मार्फत प्रमाण पत्र प्रदान गरिएको थियो।
राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम खेलाडी अविरल घिमिरे तथा एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खरेलको विषेश अतिथ्य र एनआरएनए एशिया प्यासिफिक उप- संयोजक पारशमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार तथा चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने , एनआरएनए क्षेत्रिय समिति, नागोयाकी उप- संयोजक सीता कोईराला , एनआरएनए आईसिसि पूर्व सदस्य केशर गिरी, आईसिसि मानार्थ सदस्य डिलाराम खरेल , किक बक्सिङ्ग प्रशिक्षक तथा अविरलका बुवा देब घिमीरे , एनआरएनए एसिया प्यासिफिक उप – संयोजक पारशमणि पोखरेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक श्याम शितलको अध्यक्षतामा सम्पन्न भएको थियो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…