नेकपाको सचिवालय बैठक बस्दै ।

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज आइतबार बस्दैछ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो ।

पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो । एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुनेछ ।

‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुनेस्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने’, स्थायी समिति बैठकमा नेकपा अध्यक्षद्वयले गरेको प्रस्तावमा थप भनिएको छ,‘मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने ।’

नेकपामा दुई वर्षअघि मन्त्री भएकाहरुलाई निरन्तरता दिने या नदिने भन्ने निक्र्योल भएको छैन । कतिपयले साढे २ वर्षअघि मन्त्री भइसकेका सबैलाई बिदा गरेर नयाँलाई मौका दिनुपर्ने बताइरहेका छन् भने कतिपयले कार्यसम्पादनमा कमजोर रहेकालाई मात्रै हटाउनुपर्ने बताउँदै आएका छन् ।

नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका तीन जना सदस्यलाई पनि मन्त्रिमण्डलमा समावेश गर्ने या नगर्ने भन्ने प्रश्न पनि पछिल्लो समय उठ्दै आएको छ । सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेललाई समेत सरकारकामा सहभागी गराएर सरकारका कामकारवाही प्रभावकारी बनाउनुपर्ने एकपक्षको भनाइ छ । तर प्रधानमन्त्री केपी ओली गौतम र श्रेष्ठलाई मन्त्री बनाउने सन्दर्भमा त्यति सकारात्मक नभएको बताइन्छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago