एटीएमबाट पैसा झिक्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन ।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एक बैंकको एटीएम कार्ड अर्काे बैंकको एटीएम बुथमा प्रयोग गर्दा शेवा शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने बताए। “कोभिड–१९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिमा उल्लेख छ। 

यसअघि बैंक वित्तीय संस्थाहरूले आपसी सहमति गरेर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम बुथमा प्रयोग गरेर पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको थिए। तर, साउन लागेपछि उक्त व्यवस्था बैंकहरूले हटाइसकेका छन्।

अब भने केन्द्रीय बैंकले नीतिगत निर्णय गरेर नै जुनसुकै बैंकको एटीएम बुथ प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको हो।  मौद्रिक नीतिमा ल्याइएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको लागि निर्देशन जारी गर्नेछ। 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago