एटीएमबाट पैसा झिक्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन ।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एक बैंकको एटीएम कार्ड अर्काे बैंकको एटीएम बुथमा प्रयोग गर्दा शेवा शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने बताए। “कोभिड–१९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिमा उल्लेख छ। 

यसअघि बैंक वित्तीय संस्थाहरूले आपसी सहमति गरेर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम बुथमा प्रयोग गरेर पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको थिए। तर, साउन लागेपछि उक्त व्यवस्था बैंकहरूले हटाइसकेका छन्।

अब भने केन्द्रीय बैंकले नीतिगत निर्णय गरेर नै जुनसुकै बैंकको एटीएम बुथ प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको हो।  मौद्रिक नीतिमा ल्याइएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको लागि निर्देशन जारी गर्नेछ। 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago