सन्ताेष गहतराज पाल्पा ।अहिले विश्वलाई कोभिड-१९ को महामारीले आक्रान्त भइरहेको बेला सामाजिक कार्यमा सकृय रहेकाे सस्था नारायण युवा क्लबले काेराेना भाइरसकाे विशम परिस्थितिलाई मध्ये नजर गरी सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।
अहिले विश्व लगाएत देशमा काेराेना भाइरसले भयावह अवस्था सृजना भएको हुनाले देश लकडाउन मात्र गरेर यसको कुनै समाधान नहुने, त्यसैले “आफु पनि बचौं, अरुलाई पनि बचाऔं” भन्ने उद्देश्यले नारायण युवा क्लबद्वारा आयोजित कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्य बिज्ञहरुबाट आधारभूत सचेतना कार्यक्रम सहित समाजमा पर्ने समस्या कसरी समाधान गर्न सकिन्छ भनेर ता.न.पा.- २ नं. वडाका सम्पूर्ण टोल विकाश संस्था, आमा समूह, स्वास्थ्य स्वोयम सेविका, जनप्रतिनिधि, क्लबका कार्यसमिति सदस्य, सल्लाहकार तथा साधारण सदस्यहरुलाई सामाजिक दुरी कायम गरि कार्यक्रम सम्पन्न गरिएको नारायण युवा क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठले बताउनु भयाे ।कार्यक्रममा प्रमुख अतिथि तानसेन २ का वडा अध्यक्ष बरूण रेग्मीले नारायण युवा क्लबले गरेकाे सचेतना कार्यक्रमकाे प्रशंसा गर्दै याे काेराेना विरूद्वकाे लडाइँसँग सबै एक भएर लडनु पर्ने बताउनु भयाे । कार्यक्रम सस्थाका अध्यक्ष किशोर दर्शन बज्राचार्य अध्यक्षता र विनायक महर्जनकाे सञ्चालनमा सम्पन्न भएको हाे ।
सचेतना कार्यक्रमकाे सहजिकरण डा उदिप महर्जन(लुम्बिनी मेडिकल कलेज ),
डा रुपेश शर्मा (लुम्बिनी मेडिकल कलेज ),
डा एलिना शर्मा(पाल्पा हस्पिटल),
डा नम्रता श्रेष्ठ (लुम्बिनी मेडिकल कलेज ),
सुभाष श्रेष्ठ (सेभ द चिल्ड्रेन),
बिनोद भारती (रेडक्रस पाल्पा) गर्नु भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…