एकैदिन २० जनामा कोरोना संक्रमण कुल संक्रमीत ९२ पुगे

पाल्पा । शनिवार थप २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यो संगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ९२ पुगेको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौमा १६ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

सक्रमित हुनेहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरका १२, वडा नंं ३ भुवनपोखरीका ४, माथागढी गाउँपालिका वडा नंं ४ झडेवाका १ र तिनाउँ गाउँपालिका वडा नंं ३ झुम्साका २ जना रहेका छन । यस्तै लुम्विनी मेडिकल कलेजमा उपचाररत गुल्मीका १ जनामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । पन्थीका अनुसार कोरोना संक्रमण भएका ५ जना निको भई घर फर्किएका छन् ।
यस अघि बगनासकाली गाउँपालिकामा १७, रम्भा गाउँपालिकामा १६, माथागढी गाउँपालिकामा १४, रैनादेवी छहरा गाउँपालिकामा २, रिव्दीको गाउँपालिकामा ४, निस्दी गाउँपालिकामा २, रामपुर नगरपालिकामा २, पुर्वखोला गाउँपालिका १२, तिनाउँ गाउँपालिकामा १ जना रहेका छन । यस्तै उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक/एक जनामा कोरोना सक्रमण देखिएको छ । संक्रमित मध्ये एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । पाल्पाका १० स्थानीय तहमध्ये हालसम्म तानसेन नगरपालिकामा कोरोना संक्रमण भएको छैन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago