पाल्पा । अर्घाखाँची बाट गुल्मी तर्फ जादै गरेको यात्रुबाहक जीपलाई पहिरोले पुरेको छ । शनिवार दिउँसो ३ बजेको समयमा गुल्मी धुर्कोट गाउँपालिका ३ हर्रापाटा स्थितमा गएको पहिरोले जीपलाई पुरेको हो । ग १ ज ३९९७ नम्बरको जिप लाई बाटो माथीबाट खसेको पहिरोले जीपलाई पुरेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानाएको छ । जिपमा सवार गुल्मी धुर्कोट गाउँपालिका ३ बस्ने बर्ष १९ का तुल्सिराम काउछाको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार पहिरोमा परी गाडीका चालक प्रदिप पुनको अवस्था गम्भीर रहेको छ भने ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…