सन्ताेष गहतराज पाल्पा।जिल्लाकाे रामपुर नगरपालिकामा दुई वटा पुल शुक्रबार सिलन्यास भएको छ । रामपुर नगरपालिका वडा न ६ र ८ जोड्ने प्याकलुक खाट झलुङ्गे पुल र रामपुरकै खोप्टार कासजरी झलुङ्गे पुल सिलन्यास भएको हो ।
नगरपालिकाले रुन्दी खोलामा निर्माण हुन लागेको प्याकलुक पुलको कुल लागत ४६ लाख ३३ हजार १सय ३ रुपैयाँ २६ पैसा रहेको छ । जस अन्तरगत रामपुर नगरपालिकाले २ लाख ७७ हजार ९ सय ८६ रुपया सहयोग गरेको छ । स्वाब (क्ध्ब्ए)ले नगद ३७ लाख ९१ हजार ९३ रुपया र जिन्सी ४ लाख ७१ हजार ३सय ६१ रुपया रहेको छ पुल निर्माण समितिका अध्यक्ष कृष्ण कुमार अर्यालले जानकारी दिदै यो पुल निर्माण समयमै सम्पन्न हुने र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत गर्नुभएको छ । यो पुल निर्माणका लागि सामाजीक तथा प्राबिधिक सहयोग ईन्द्रेणी समाज केन्द्र नेपालले गर्ने भएको छ ।
प्राबिधिक यम बहादुर रानाका अनुसार यो पुल ९४ मिटर लामो रहेको भन्दै पुलको संरचना र लागत स्टमेटका विषयमा जानकारी गराएका थिए । पुलको बैदिक विधि र्पुवक नगर प्रमुख रमण बहादुर थापाले सिलन्यास गरे । पुलको शिलन्यास गर्दै थापाले पछिल्लो समय पक्की पुलको निर्माण बढ्दै गएपनी झोलुङ्गे पुलको महत्व पनी उस्तै रहेको बताए । थापाले दुई स्थान विचको दुरी कम गरि समाजिक र सास्कृतिक एव कृषिको विकासस गर्न सहयोग पुग्ने बताए ।
निर्माण समितिका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण ढुङ्गानाको स्वागत र माधव पंगेनीको सञ्चालन भएको हो । खोप्टार र काँसजरी जोड्ने झोलुङ्गे पुल ३२ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । पुलको कुल लम्बाई ६२ मिटर रहेको छ । उपभोक्ता समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर घर्तीले गरेका थिए । दुवै पुलत निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्र नेपालले गरिरहेको छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…