रामपुर नगरपालिकामा झलुङ्गे पुलको शिलन्यास ।

सन्ताेष गहतराज पाल्पा।जिल्लाकाे रामपुर नगरपालिकामा दुई वटा पुल शुक्रबार सिलन्यास भएको छ । रामपुर नगरपालिका वडा न ६ र ८ जोड्ने प्याकलुक खाट झलुङ्गे पुल र रामपुरकै खोप्टार कासजरी झलुङ्गे पुल सिलन्यास भएको हो ।

नगरपालिकाले रुन्दी खोलामा निर्माण हुन लागेको प्याकलुक पुलको कुल लागत ४६ लाख ३३ हजार १सय ३ रुपैयाँ २६ पैसा रहेको छ । जस अन्तरगत रामपुर नगरपालिकाले २ लाख ७७ हजार ९ सय ८६ रुपया सहयोग गरेको छ । स्वाब (क्ध्ब्ए)ले नगद ३७ लाख ९१ हजार ९३ रुपया र जिन्सी ४ लाख ७१ हजार ३सय ६१ रुपया रहेको छ पुल निर्माण समितिका अध्यक्ष कृष्ण कुमार अर्यालले जानकारी दिदै यो पुल निर्माण समयमै सम्पन्न हुने र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत गर्नुभएको छ । यो पुल निर्माणका लागि सामाजीक तथा प्राबिधिक सहयोग ईन्द्रेणी समाज केन्द्र नेपालले गर्ने भएको छ ।

प्राबिधिक यम बहादुर रानाका अनुसार यो पुल ९४ मिटर लामो रहेको भन्दै पुलको संरचना र लागत स्टमेटका विषयमा जानकारी गराएका थिए । पुलको बैदिक विधि र्पुवक नगर प्रमुख रमण बहादुर थापाले सिलन्यास गरे । पुलको शिलन्यास गर्दै थापाले पछिल्लो समय पक्की पुलको निर्माण बढ्दै गएपनी झोलुङ्गे पुलको महत्व पनी उस्तै रहेको बताए । थापाले दुई स्थान विचको दुरी कम गरि समाजिक र सास्कृतिक एव कृषिको विकासस गर्न सहयोग पुग्ने बताए ।

निर्माण समितिका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण ढुङ्गानाको स्वागत र माधव पंगेनीको सञ्चालन भएको हो । खोप्टार र काँसजरी जोड्ने झोलुङ्गे पुल ३२ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । पुलको कुल लम्बाई ६२ मिटर रहेको छ । उपभोक्ता समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर घर्तीले गरेका थिए । दुवै पुलत निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्र नेपालले गरिरहेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago