गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि

२०७७, ६ असार शनिबार ०७:३९

पाेखरा-गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले शनिबार बिहान विज्ञप्ति जारी गरी तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङका ८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ। उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेको जनाईएको छ ।


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्दा निको भएर घर फर्कनेको संख्या १ हजार ४०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।हिजो मात्र २१६ जना स्वस्थ भएर घर फर्किएका छन् ।

क्वारेन्टाइनमा बस्ने मानिसको संख्या १ लाख ९ हजार ४६१ रहंदा नेपालमा पीसीआर परीक्षणको कुल नमुना परीक्षण संख्या १ लाख ६१ हजार ७४९ पुगको छ ।

Comments

ताजा खबर