निजि क्षेत्रलाई कोरोना परिक्षण गर्न दिने नीति प्रभावकारी बनोस ।

संसार भरि कोभिड-१९ ले एक अनौठो संकट सृजना गरिदिएको छ । सम्पन्न भनिएका देश र शहरहरु चिहान घर जस्तै बन्दैछ । अनेकौ प्रयासका बाबजुद कोरोना भाईरस नियन्त्रणमा आउन नसकेको तितो यथार्थ हामीसंग छ । नेपालमा कोरोनाको संक्रमण पछिल्ला केहि दिनहरुमा तिब्र गतिमा बढिरहेको छ । करिब दुई महिना लामो कष्टप्रद लकडाउनले संक्रमण फैलिन नदिन सापेक्षित भूमिका खेले पनि अत्यन्त सुस्त परिक्षणले कतै कोरोना भुष भित्र आगो सरि भित्र भित्रै सल्किरहेको त छैन ?  यहि सन्दर्भमा सरकारको कामको गति न्युन हुदा क्षति को मुल्याँकन गर्नै पो नसकिने हो कि ?  भन्ने संसयहरु यत्रतत्र हुनु स्वभाबिक हो ।

सरकारले  पछिल्लो समय परिक्षणलाई तुलनात्मक रुपमा बढाएको भएता पनि त्यो प्रयाप्त छैन । आरडिटि परिक्षणको बिशसनियता बिर्सन लायक छ । त्यसै कारणले हुन सक्छ सरकारले २० प्रतिशत नाफा हुने गरि निजि क्षेत्रलाई आरडिटि परिक्षण अनुमति दिने कार्यबिधि ल्याएको छ । जुन अत्यन्तै गलत छ । रु पन्ध्र हजार तिरेर पिसिआर टेष्ट पनि गर्न दिने हल्लाहरु आएता पनि त्यसको आधिकारिकता अझै पुष्टी भैसकेको छैन । तर आरडिटि टेष्ट गर्न अनुमति दिने सरकारले ढिलोचाडो पिसिआरको टेष्ट अनुमति दिन सक्ने अनुमान गर्न गार्हो छैन । यहाँ नेर गम्भिर प्रश्न के उठछ भने निजि क्षेत्र कमाउन वा कुम्ल्याउन मात्रै हुन ?  उनिहरुको सामाजिक दायित्व छैन ?  महामारिको उपचारमा उनिहरुको भूमिका हुनु पर्दैन ?  महामारि बिरुद्द लड्न उनिहरुले हिस्सा लिनु पर्दैन ?  तर कमाउने ठाउहरुमा हिस्सा अनिबार्य यो कहाँ को नियम हो । ज्वरो आएका बिरामीलाई कुन चाही निजि हस्पिटलले गेटबाट फिर्ता पठाएनन ?  मलाई जवाफ दिनुस । कोभिड-१९ को नेपाल प्रबेष पछि ति निजि स्वास्थ्य संस्थाहरु कहाँ गुप्तबासमा प्रबेश गरेका थिए ?  सामान्य भन्दा सामान्य रोगका बिरामीलाई अस्पतालको दर्शन गर्न मनाहि गरियो,  अनि आज आएर २० प्रतिशत नाफा राखेर टेष्ट गर्न दिने ?  सरकारको मानसिक स्थिति त ठिक छ  ?  सरकारको स्वामित्वमा ७७ वटै जिल्ला हस्पिटलहरु छैनन ?  प्रादेशिक  हस्पिटलहरु छैनन ?  कोरोना बिशेष हस्पिटलहरु छैनन ?  ति सबै हस्पिटललाई युद्द स्तरमा परिचालन गर्ने हिम्मत जुटाउ । जति सक्दो धेरै परिक्षण गर्न सकिन्छ त्यति छिटो महामारिको पुर्बानुमान गर्न सकिन्छ । बिरामी बढे भनेर हतासिनु भन्दा सबै बिरामीको ब्यब्स्थापनको लागि सबै निजि अस्पतालहरुलाई आइसोलन बेड तयार गर्न सरकारले निर्देशन दिनु पर्छ । अहिले ४ सय बिरामि हुदा त बेडको अभाव स्रुजना भैसकेको छ भने भोलिका दिनहरुमा बिरामि थपिदै जादा अबश्य पनि सबै बिरामीले उपचार पाउने बिषय पेचिलो बन्ने छ । बिश्व भरिका सबै देश जहा महामारि फैलिएको छ त्यहाँ जुन बिरामिको बाच्ने सम्भावना बढि छ तिनै बिरामीलाई मात्रै उपचार भैरहेको छ । महामारि नै फैलियो भने नेपालमा पनि त्यहि गर्नु पर्नेछ । हामी आश गरौ त्यस्तो खराब अबस्था नआओस । त्यसको लागि सरकारले आफ्नै संरचनाको उच्च्तम उपयोग गरेर मात्रै जस्तो सुकै परिस्थिति को पनि सामना गर्ने सक्ने मानसिकता सहित तयार रहनु पर्छ । नागरिकको स्वास्थ्य राज्यको दायित्व हो,  निजि क्षेत्रलाई यदि सहभागि नै गराउने हो भने सरकारको मातहतमा सहयोगिको भूमिकामात्रै सिमित गर्नु पर्छ । यदि त्यसो गरिएन भने निजि क्षेत्रले आम नागरिकको स्वास्थ्य आफ्नो नाफा घाटा के हुन्छ ? त्यसको आधारमा ध्वस्त पार्नेछन । निजि क्षेत्रलाई टेष्टको जिम्मा दिएको एक हप्ता मै सरकारि स्वास्थ्य संस्थाहरुमा परिक्षण किटको अभाब हुनेछ,  पिसिआर परिक्षण मेसिनहरु बिग्रीने निश्चित छ । जस्ले धेरै पैसा तिर्‍यो उसैको छिटो परिक्षण हुनेछ । थोरै तिर्न सक्नेहरुले समय घर्कि सके पछि परिक्षण हुनेछ भने पैसा नहुने आम गरिखाने किसान,  मजदुरहरुको परिक्षण अन्तिमममा हुनेछ जस्को नतिजा सुन्न उनिहरु स्वयम जिवित हुने छैनन । त्यसैले सरकार तीन करोड नेपालीको आग्रह छ, जनस्वास्थ्य जस्तो सम्बेदन्शिल बिषयमा ध्यान जावस । लेखक – निश्चचल क्षेत्री

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago