बिपन्न ६५ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण

सन्ताेष गहतराज, पाल्पा । नेपाली कांग्रेस तानसेन नगरपालिका १० नम्बर वडा समितिले ६५ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ । लामो समय लकडाउन भएपछी चुलो बाल्न धौ भएका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । लकडाउन भएको ५५ औं दिन बितिसक्दा पनि दाेस्राे चरणको राहत वितरण नहुदा अति विपन्न परिवार समस्यामा परेको भन्दै यस्तो महामारीको बेलामा उनिहरुलाई सहयोग गरेको नेपाली कांग्रेस महासमिती सदस्य हिमालदत्त श्रेस्ठले बताए । तानसेन नगरपालिका द्वारा बितरण गरेको राहतबाट सबै बिपन्नले नपाएको हुँदा नेपाली कांग्रेस वडा समितिले राहत संकलन गरि वडामा रहेका बिपन्न वडा बासिलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको वडा सभापति रामचन्द्र कार्कीले जानकारी दिए ।

एकद्वार प्रणालीबाट राहत बितरण गर्न पालिकाहरूले स्थापना गरेको राहत काेषमा रकम जम्मा गरेको जानकारी गराउदै पालिकाले बितरण गरेको राहत वास्तविक समस्यामा परेकाले नपाएको गुनासो आएकाले आफुहरुले खाद्यान्न सहयोग गरेको कार्कीले बताए ।
तानसेन गुठी काठमाडौले १९ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो । कांग्रेसका जिल्ला नेता शिवचन्द्र खनालले बच्चाका लागि १६ प्याकेट पाैष्टिक अाहार र हातधुने साबुन उपलब्ध गराएका थिए । साेहि वडावासि समाजसेवी एवं विदेशमा पढ्ने विद्यार्थीहरूको सहयोगमा खाद्यान्न संकलन भएको थियो ।
राहत स्वरूप १५ केजी चामल,१ केजीदाल, १ केजी नुन, १ लिटर खाने तेल वितरण गरिएको थियोे । बितरणका क्रममा वडामा रहेका १६ जना बालबालिकाहरूलाई पाैष्टक आहार र हात धुने साबुन समेत वितरण गरिएको थियोे । वडा समितिले नगरपालिकाकाे वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै पहिलो चरणमा छुटेकाहरूलाई समेटेर तत्काल दाेस्राे चरणको राहत वितरण गर्न माग गरेको पार्टीका वडा समिति काेषाध्यक्ष दामोदर घिमिरेले जानकारी दिए । राहत वितरणलाई राजनीतिसँग मात्रै नजाेडेर मानवीय हिसाबले भेदभाव रहित बनाउन पनि कांग्रेसले माग गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago