सन्ताेष गहतराज, पाल्पा । नेपाली कांग्रेस तानसेन नगरपालिका १० नम्बर वडा समितिले ६५ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ । लामो समय लकडाउन भएपछी चुलो बाल्न धौ भएका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । लकडाउन भएको ५५ औं दिन बितिसक्दा पनि दाेस्राे चरणको राहत वितरण नहुदा अति विपन्न परिवार समस्यामा परेको भन्दै यस्तो महामारीको बेलामा उनिहरुलाई सहयोग गरेको नेपाली कांग्रेस महासमिती सदस्य हिमालदत्त श्रेस्ठले बताए । तानसेन नगरपालिका द्वारा बितरण गरेको राहतबाट सबै बिपन्नले नपाएको हुँदा नेपाली कांग्रेस वडा समितिले राहत संकलन गरि वडामा रहेका बिपन्न वडा बासिलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको वडा सभापति रामचन्द्र कार्कीले जानकारी दिए ।
तानसेन गुठी काठमाडौले १९ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो । कांग्रेसका जिल्ला नेता शिवचन्द्र खनालले बच्चाका लागि १६ प्याकेट पाैष्टिक अाहार र हातधुने साबुन उपलब्ध गराएका थिए । साेहि वडावासि समाजसेवी एवं विदेशमा पढ्ने विद्यार्थीहरूको सहयोगमा खाद्यान्न संकलन भएको थियो ।
राहत स्वरूप १५ केजी चामल,१ केजीदाल, १ केजी नुन, १ लिटर खाने तेल वितरण गरिएको थियोे । बितरणका क्रममा वडामा रहेका १६ जना बालबालिकाहरूलाई पाैष्टक आहार र हात धुने साबुन समेत वितरण गरिएको थियोे । वडा समितिले नगरपालिकाकाे वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै पहिलो चरणमा छुटेकाहरूलाई समेटेर तत्काल दाेस्राे चरणको राहत वितरण गर्न माग गरेको पार्टीका वडा समिति काेषाध्यक्ष दामोदर घिमिरेले जानकारी दिए । राहत वितरणलाई राजनीतिसँग मात्रै नजाेडेर मानवीय हिसाबले भेदभाव रहित बनाउन पनि कांग्रेसले माग गरेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…