कोरोना भाइरस सक्रमण ग्रिन जिल्ला बनाउने अभियानमा पाल्पा

पाल्पा । कोरोना भाइरस सक्रमण नियन्त्रण गर्न उच्च सर्तकता अपनाउदै दुबै परिक्षण लाई व्यापक बनाउने गरी तयारी पाल्पामा शुरु भएको छ । जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटि परिक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनेटाइजर तथा थर्मल गर्न जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकार वाट प्रयाप्त मात्र भित्रिन थालेको छ ।


पाल्पा लाई कोरोना भाईरस सक्रमणको ग्रिन जिल्ला बनाउने अभियानका साथ जिल्लाका संघिय सासंद, प्रदेश सांसद तथा स्थानीय सरकार लागी परेका छन । प्रदेश ५ का तराई क्षेत्रका ६ वटै जिल्लामा कोरोना सक्रमण बढ्दै गएकोले सिमामा रहेको पाल्पा उच्च जोखिममा रहेको परिक्षण लाई व्यापक बनाउने आवाज संघिय सांसद देखी जनस्तर सम्म उठ्दै आएको थियो । परिक्षण लाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालये पठाएको स्वास्थ्य सामाग्री नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेलाई हस्तान्तरण गरेका छन । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै यी सामाग्रीको प्रयोग बाट पाल्पा लाई ग्रिन जिल्ला बनाउन सकिने अभियानका साथ काम गरेको प्रदेश सांसद नारायण प्रसाद आचार्यले बताए । उनी भन्छन “स्वास्थ्य जस्तो संबेदनसिल कुरामा कोरोना संक्रमण शून्य बनाउन हामी जस्तोसुकै कदम चाल्न तयार छौ” ।

 

 

उक्त स्वास्थ्य सामाग्रीहरु कोरोना सक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीको सिफारिसमा आवश्यकता अनुसार प्रयोगमा आउने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख न्यौपानेले बताए ।
केन्द्रिय सदस्य गैरेले पिपिई ५० सेट, माक्स ४ हजार थान, पञ्जा १ हजार थान, सेनेटाइजार ५ लिटर, एन नाइनटी फाईव माक्स ८० वटा, पिसिआर किट २८८ वटा र आरडिटी किट १ हजार वटा कार्यालय लाई हस्तानतरण गरेका हुन । स्वास्थ्य सामाग्री पाल्पा पठाउन संघिय सांसद दल बहादुर राना र सोम प्रसाद पाण्डे तथा नेता ठाकुर गैरेले सक्रिय भुमिका खेलेका थिए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago