सन्तोष गहतराज
पाल्पा । बग्नासकाली गाउँपालिका वडा न ७ कल्लाबारीका केशव पचभैयाका दाम्पती यतिवेला मौरी पालन व्यवसायमा व्यस्त छन । युवाहरू विदेश पलाएन भइरहेका बेला पाल्पाका पचभैया दाम्पति कृषि लाई मुख्य पेशा वनाउखदै छन् । अहिले उनको मौरी पालन व्यवसाय अबलोकनमा जाने जो कोहीको पनि मन रमाउछ । नेपाल प्रहरीको जागिरबाट निवृत भए पछि कृषी पेशा अंगालेका केशव र उनकी श्रीमती थनिसरा पचभैया मौरीपालनको साथमा तरकारी खेतीमा दिनहु व्यस्त देखिन्छन् । पहाडी भेगमा पालिने सेराना पहाडी जातको मौरी पाल्दै आएका पचभैया अहिले पनि त्यही मौरीका साथ आधुनिक मौरी समेत गरि करिब ६३ वटा घारहरू रहेका छन । समयलाई सदुपयोग पनि हुने र सानै देखिको व्यवसायिक मौरी पालन गर्ने अहिले पूरा भएको पचभैयाले बताउछन ।
उनी भन्छन् अरू काम जस्तो दुख पनि नहुने र निरन्तर रूपमा फाइदा लिन सकिने भएकाले गाउँका कृषकहरूलाई पनि व्यवसाय गर्न सुझाव दिन्छन् । बार्षिक रूपमा ५ लाख सम्म आम्दानी गर्ने गरेको वताउछन् । आफुले उत्पादन गरेको मह केही गाउँमा बिक्री हुने तथा पर्यटकिय ठाउँ घाईघाट अबलोकन गर्न आउने पर्यटकहरू र नमस्ते कृषि फर्मबाट बिक्री वितरण गर्ने बताए । अहिले बग्नासकाली गाउँपालिकाले पनि आफुलाई अनुदानमा मौरी सहितको घार सहयोग गरेकाले व्यवसायमा राहत मिलेको छ । विदेशीयका युवाहरूलाई स्वदेशमा नै व्यावसायिक रूपमा कृषि गरे सफलता पाउन सकिन्छ भन्ने पचभैयाले अब बग्नासकाली गाउँपालिकाले अझै युवाहरूलाई अनुदान तथा तालिम दिई देशमा नै बस्ने वातावरण बनाउन आवश्यक रहेको बताए । पाल्पा बग्नासकाली गाउँपालिकाकाले अहिले बग्नासकालीलाई मौरी गाउँको रूपमा चिनाउन कृषकहरूलाई मौरी पालन व्यवसायमा अनुदान कार्यक्रम ल्याएकोर कृषकहरूलाई मौरीपालन गर्न प्रेरित गरेको छ । मौरीपालन व्यवसाय नगदे वालिका रुपमा विकास भए संगै कृषकको आकर्षण वढेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…