ईन्जिनियरहरुको संस्थाद्वारा अटाेमेटिक सानेटाईजिङ्ग टनेल र  नगदरकम हस्तान्तरण 

भबिन्द्र गौतम, ७ बैशाख, पाल्पा । नेपालभरी कोरोना भाइरसको जोखिम बढीरहेको बेलामा कोरोना भाइरसको न्यूनीकरण गर्नका प्राेग्रेसिभ ईन्जिनियरिङ एसोसियसन नेपाल (पिन) प्रदेश नं ५ ले लुम्बिनी प्रादेसिक अस्पताल लाई अटाेमेटिक सानेटाईजिङ्ग टनेल हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम गरि प्रदेश नं ५ का सामाजिक विकास मन्त्री माननिय सुदर्शन वराल, लुम्बिनी प्रादेसिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनाललाई सयुक्त रुपमा पिनका प्रदेश ईन्चार्ज ई. दुजेन्द्र वस्नेत र प्रदेश ५ का अध्यक्ष ई.जीवन अर्याल बाट हस्तान्तरण गरेको हस्तान्तरण गरेको एसोसियसनको प्रदेश सचिवालय सदस्य ई. छबिन्द्र भट्टराईले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा प्राेग्रेसिभ ईन्जिनियरिङ एसोसियसन नेपाल प्रदेश नं ५ ले गरेको सहयोग को उच्च प्रसंशा गर्दै माननिय मन्त्री सुदर्शन वरालले आभार ब्यक्त गर्नुभयो । अटाेमेटिक सानेटाईजिङ्ग टनेलले अस्पताल भित्र छिर्ने बेलामा अटाेमेटिक रुपमा ५ सेकेन्ड सम्म चारैतिर बाट सानेटाईजर छर्किने छ । विषम परिस्थितिमा पनि टनेल निर्माण कार्यमा अहाेरात्र खट्ने सदस्य सबैलाइ एसोसियसनले धन्यबाद दिइएको छ ।

आजै प्रजातन्त्रवादी इन्जिनियरहरु को समुह सिडेन प्रदेश नम्बर ५ द्वारा कोरोना रोकथाम र उपचारमा सहयोगी सामग्री निर्माता महावीर पुनको राष्ट्रिय आविस्कार केद्रलाई एक लाख रुपैया हस्तान्तरण गरेको नेपाल इन्जिनियर एसोसिएसन ५ नम्बर प्रदेशका प्रदेश सदस्य ई. महेश्वर लम्सालले जानकारी दिनुभयो । इन्जिनियर एसोसिएसनले गरेको महत्त्वपूर्ण सहयोग प्रती सर्वसाधारणको तर्फबाट सामाजिक संजालमा प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago