नेपाली काङ्ग्रेस रैनादेवी छहराले राहत काेषमा ठूलो राशी हस्तान्तरण ।

सन्ताेष गहतराज पाल्पा बैशाख ७ , नेपाली काङ्ग्रेस रैनादेवी छहराले गाउँपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा रूपैयाँ १ लाख १५ हजार नगद सहित अहिले सम्मकै सबै भन्दा ठुलो राशि हस्तान्तरण गरेकाे छ ।

अहिले विश्वव्यापी रूपमा माहामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे संक्रमण राेकथाम,नियन्त्रण तथा उपचारमा सहयोग पुग्याउने उदेश्यले गाउँपालिका भित्र रहेका नेपाली काङ्ग्रेसमा आबाद्द व्यक्तिहरूले उक्त रकम संकलन गरि गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीलाई नेपाली काङ्ग्रेस रैना देवी छहराका सभापति विष्णु पाेखरेलले, सहं संयाेजक रूक्मागत भट्टराई, सदस्य  संकर रायमाझी लगाएतले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम ग्रहण गर्दै रैना देवी छहराका गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले नेपाली काङ्ग्रेस रैना देवी छहरा गाउँपालिकाले गरेकाे सहयाेगकाे ठुलो महत्त्व हुने बताउदै संकलन भएको राहत रकम विभेदहिन र पार्दशी ढङ्गले पालिका भित्रका मजदुर दैनिक ज्याला गरि जीवन यापन गर्नेका लागि राहत वितरण गर्ने बताउनुभयो ।

नगद हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खेत बहादुर खत्रीले पछिल्लो समयमा गाउँ पालिकामा विभिन्न संघसंस्थाले सहयोग गर्दै आए पनि काेराेना काेषमा नेपाली काङ्ग्रेस रैनादेवी छहराले गरेकाे सहयोग अहिलेसम्म कै ठुलो राशि भएको बताउदै सहयोगकाे लागि धन्यवाद दिनु भयाे । यस अगाडि पहिलाे चरणमा गाउँपालिकाले एक हजार ४ सय घरपरिवारलाई राहत वितरण गरी सकेकोछ ।  

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago