गण्डकी प्रदेशको सिमानामा कडाइ, कालीगण्डकी पुलमा काडेतार

७ बैशाख, पाल्पा ।
गण्डकी प्रदेश सरकारले प्रदेशका नाकाहरुमा कडाइ गर्ने निर्णय गरेसँगै प्रदेशका नाकामा कडाइ गर्न सुरु गरिएको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशको सीमा नाका कालीगण्डकी पुल राम्दीमा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरि सडकमै काँडेतार राखेर गण्डकी प्रदेश प्रवेशमा कडाइ गरेको हो । जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले राम्दीमा सशस्त्र प्रहरीको अस्थायी बिटको स्थापना गरेर चेकचाँजमा कडाइ गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । देशैभरी कोरोना भाइरसको प्रभाव बढ्न थालेपछी गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको छ ।केही उपाय , कोरोना भाईरसबाट कसरी बच्ने ?        अन्य प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्न सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । अत्यावश्यक सवारीका साधन र सवारी चालाउन पास लिएका सवारी लाई चेकजाँच गरि पठाउने गरिएको छ । सिमामा रहेको राम्दी पुलमा कडाइ भएसगै पैदल हिड्ने यात्रुहरु राजमार्गबाट हिडेका छैनन् भने तलमाथिका झोलुंगे पुलबाट ओहोरदोहोर गरेको पाइएको छ । सिमानामा कडाइ भए संगै ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य नारायण आचार्य, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल सहितको टोलीले स्थलगत अवलोकन गरि फर्केको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago