जापानको स्वास्थ्य प्रणालीमा खतरा हुन सक्ने डाक्टरको चेतावनी ।

जापान अप्रिल १९ ।  जापानका डाक्टरहरुले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण मुलुकको स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् ।

अहिले जापानमा अत्यधिक चापको कारण केही गम्भीर बिरामीलाई पनि इमर्जेन्सीमा रुपमा राखेर उपचार गर्न नसकिने अवस्था आएको अधिकारीहरुले बताएका छन् ।

शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल भए पनि जापानमा अहिले संक्रमितको संख्या १० हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

जापानको जीपीएस (जनरल प्राक्टिसनर सर्जरीज) का डाक्टरको समूहले जापानमा कोरोना भाइरसका बिरामी परीक्षणमा सहयोग गरिरहेको अधिकारीहरुले बताएका छन् ।

जीपीएसका सहायक प्रमुख कोनोसिन टामुराले मुलुकको स्वास्थ्य प्रणाली बचाउन आफूहरुले यस्तो प्रयास गरिरहेको बताए । उनले अहिले सबै मानिसले सहयोगको हात अघि बढाउनु जरुरी रहेको बताए । अन्यथा, मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त हुने उनको चेतावनी थियो ।

पछिल्लो समय उल्लेख्य मात्रामा कोरोना भाइरसका बिरामी भेटिएसँगै जापानमा अन्य गम्भीर अवस्थाका बिरामीको उपचार पनि प्रभावित बन्न पुगेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago