जापानको स्वास्थ्य प्रणालीमा खतरा हुन सक्ने डाक्टरको चेतावनी ।

जापान अप्रिल १९ ।  जापानका डाक्टरहरुले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण मुलुकको स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् ।

अहिले जापानमा अत्यधिक चापको कारण केही गम्भीर बिरामीलाई पनि इमर्जेन्सीमा रुपमा राखेर उपचार गर्न नसकिने अवस्था आएको अधिकारीहरुले बताएका छन् ।

शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल भए पनि जापानमा अहिले संक्रमितको संख्या १० हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

जापानको जीपीएस (जनरल प्राक्टिसनर सर्जरीज) का डाक्टरको समूहले जापानमा कोरोना भाइरसका बिरामी परीक्षणमा सहयोग गरिरहेको अधिकारीहरुले बताएका छन् ।

जीपीएसका सहायक प्रमुख कोनोसिन टामुराले मुलुकको स्वास्थ्य प्रणाली बचाउन आफूहरुले यस्तो प्रयास गरिरहेको बताए । उनले अहिले सबै मानिसले सहयोगको हात अघि बढाउनु जरुरी रहेको बताए । अन्यथा, मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त हुने उनको चेतावनी थियो ।

पछिल्लो समय उल्लेख्य मात्रामा कोरोना भाइरसका बिरामी भेटिएसँगै जापानमा अन्य गम्भीर अवस्थाका बिरामीको उपचार पनि प्रभावित बन्न पुगेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago